ताजा समाचार

आरजु राणा २ सय ५५ मिटर अग्लो भिरमा रहेको स्काई क्याफेमा

बाग्लुङ – प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा बाग्लुङकाे बलेवामा रहेको द क्लिफ प्रालिको रिसोर्ट परिसरमा निर्मित स्काई क्याफेमा बसेर चियापान गर्नुभएकाे छ ।

कालीगण्डकी नदी खोँचमा नदिदेखि दुई सय ५५ मिटर अग्लो भिरमा स्टिलको डोरीमा झुन्ड्याएर बनाइएकाे स्काई क्याफेमा देउवाले नेपाली कांग्रेस नेता अर्जुन जोशीलगायत कार्यकर्तासँगै बसेर चियापान गर्नुभएकाे हाे ।

पर्यटकले स्काई क्याफेमा १५ मिनेट समय पाउँछन् । जुस वा कफीसहित फुड प्लाटर खान पाइने स्काई क्याफेमा प्रतिव्यक्ति दुईई हजार पाँच सय रुपैयाँ शुल्क लाग्छ भने भिडियो पनि त्यही शुल्कअन्तर्गत नै पाइन्छ ।

विशेषगरी युवाहरूको विशेष रोजाइको केन्द्र बनेको द क्लिफमा पर्यटकलाई नयाँ स्वाद दिने उद्देश्यले स्काई क्याफे सुरु गरिए को द क्लिफका अध्यक्ष राजु कार्कीले बताउनुभयाे ।

यो पनि,,रवि लामिछानेद्वारा नयाँ पार्टीको घोषणा live (भिडिओ हेर्नुस) सञ्चारकर्मी रवि लामिछानेले नयाँ पार्टीको घोषणा गर्दै पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका छन् । लामिछानेले मंगलबार राजधानीमा आयोजित कार्यक्रममार्फत ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ गठनको घोषणा गरेका हुन् ।

लामिछानेले आज राजनीति यात्राको पहिलो पाइला भएको जिकिर गरेका छन् । आफ्नो पार्टी पुराना पार्टीभन्दा फरक रहेको दाबी समेत गरेका छन् ।

लामिछानेले राजनीतिको हिलो सफा गर्न आफू हिलोमा डुबुल्की मार्न आएको बताए । उनले भने–‘राजनीतिमा कति हिलो–मैलो छ मलाई थाहा छ ।

यो राजनीतिको हिलो सफा गर्न म हिलोमा डुबु ल्की मार्नुपर्छ । मलाई हिलो लाग्छ तर तपाईंले म हिलोमै रहन्छु भन्ने नसोच्नुस् । हिलो सफा गरेर मात्र निस्कन्छु ।

चर्चित सञ्चारकर्मी रवि लामिछानेले राजनीति को हिलो सफा गर्न आफू हिलोमा डुबुल्की मार्न आएको बताएका छन् । मंगल बार राष्ट्रिय सभा गृहमा आफू राजनीतिमा आएको घोषणा सभा मा बोल्दै उनले राजनीतिको हिलो सफा गर्न आएको उल्लेख गरेका हुन् ।

उनले भने–‘राजनीतिमा कति हिलो–मैलो छ मलाई थाहा छ । यो राजनीतिको हिलो सफा गर्न म हिलोमा डुबुल्की मार्नुपर्छ । मलाई हिलो लाग्छ तर तपाईंले म हिलोमै रहन्छु भन्ने नसो च्नुस् । हिलो सफा गरेर मात्र निस्कन्छु ।

’उनले भ्रष्टाचार मुद्दाका फाइल टकटकाएर जानका लागि सहयोग गर्न आग्रह गरे । टेलिभिजनका पर्दाबाट राजनीतिक दलका नेताहरूलाई सप्रिनुस् भन्दा पनि नसप्रिएको बताउँदै आफै राजनीतिमा आएको बताए । उनले आफूले जति मान्छे रोएको कसैले पनि नदेखेको बताए ।

उनले भने–‘मैले जति मान्छे रोएको कसैले देखेको छैन होला । मेरो कार्यालयमा हरेक दिन मान्छेहरू मलाई भेट्नुअघि मेरो २ मिनेट रुने गर्थे । मेरो कार्यालयको अर्कोपट्टी बालुवाटारमा राज्यको जिम्मेवार व्यक्तिको कार्यालयमा मान्छे को भीड लाग्दैनथ्यो ।उनले अस्पताल जस्तो ठाउँमा पनि सोर्स फोर्स लगाउनुपर्ने कस्तो मक्किएको ठाउँमा संरचनामा छौँ भन्दै प्रश्न गरे ।

उनले आफू चुनावमा जाने दिन देशको नक्सा देखाएर जाने बताए । उनले प्रश्न सोध्ने सजिलो काम छोडेर जवाफ दिने गाह्रो काम गर्न आएको बताउँदै आफू व्यवस्था बदल्न आएको भन्दा पनि जनताको अवस्था परिवर्तन गर्न राजनीतिमा आएको बताए ।

उनले हेलिकोप्टर चढेर कोही नेता जान्छ भने विद्यार्थीका लागि पुस्तक र बिरामीका लागि हेलिकोप्टरबाट त्यसरी नै औषधी पुर्‍याउनुपर्ने बताए ।

Facebook Comments Box