ताजा समाचार राजनीतिक

दुर्गा प्रसाईंलाई नक्कली ‘सुनको लौरो’ दिएका माक्तुमले भेटे ओलीलाई

काठमाडौं – व्यवसायी दुर्गा प्रसाईंको निमन्त्र णामा नेपाल भ्रमणमा रहेका यूएईका शेख मोहम्मद माक्तुम जुमा ला माक्तु मले एमालेका अध्यक्ष केपीशर्मा ओलीसँग भेट गरेका छन् ।

उनले आज ओली निवास बालकोटमा भेट गरका हुन् । झापा पुगेर उनले एमाले केन्द्रीय सदस्य समेतरहेका प्रसाईंलाई ‘सुन को लौरो’ हस्तान्तरण गरेको समाचारहरू सार्वजनिक भएका थिए ।

तर उक्त लौरो नक्कली भएको पुष्टि भएको छ ।गृह मन्त्रालयको निर्देशनमा उनका औपचारिक कार्यक्रममा रोक लगाइएको हो ।

उनको निजी भ्रमण भएकाले कुनै पनि सार्वज निक कार्यक्रममा सहभागी हुन रोक लगाइएको हो । बार्ह खरी बाट

यो पनि,,निर्वाचन आयोगले रवि लामिछानेको पार्टी दर्ता गर्नु हुँदैन : सूर्य थापा नेकपा एमाले पोलिटब्यूरो सदस्य सूर्य थापाले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्वाचन आयोगले दर्ता गर्न नहुने बताए का छन् ।चर्चित सञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि थापाले यस्तो टिप्पणी गरेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत स्वतन्त्र पार्टी गठन गरिने कानुन विपरीत भएको बताए ।कानुनत ः स्वतन्त्र उम्मेदवारी व्यक्तिको सार्वभौम अधिकार हो। व्यक्तिले दलमा लाग्दिनँ भनेर स्वतन्त्र रूपमा निर्वाचन लड्न र जित्न

पाउनेगरी कानुनले सुरक्षित गरेको अधिकार छिनेर स्वतन्त्र पार्टी गठन गरिनु कानुनविपरीत हो,’ उनले लेखेका छन् ।   स्वतन्त्र उम्मेदवारीमा नै भ्रम र अन्योल उत्पन्न हुनेगरी कसैले पनि पार्टी बनाउन खोज्छ भने निर्वाचन आयोगले दर्ता गर्न नहुने उनको भनाइ छ ।

यो पनि,,भर्खरै आयो अर्को खुशिको वर गरे बालेनले यस्तो घोषणा .. काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले स्थानीय लोक्कल रक्सीलाई अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्ने बताएका छन् ।

आइतबार ११ औं नगरसभामार्फत आगामी आर्थिक वर्ष २०७९÷८० को बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेका मेयर साहले यस्तो बताएका हुन् ।   काठमाडौं महानगरपालिकाको सांस्कृति तथा ऐतिहासिक सहरमा स्थानीय नेवार समुदायले

उत्पादन गर्ने पेय पदार्थ (रक्सि)लाई अन्तर्राष्ट्रिय बजारमा समेत पु¥याउन ब्रान्डिङ गर्ने उनले बताएका हुन् । रातोपाटी बाट

यो पनि,, असली राजकुमार नभई अर्कै व्यक्ति राजकुमार बनेर कसरी आए दुर्गा प्रसाईलाई भेट्न नेपाल? काठमाडौँ। नेकपा एमालेका नेता तथा व्यब सायी दुर्गा प्रसाईलाई शनिबार झापा नै पुगेर भेटेका दुबईका राजकुमार भनिएका शेख मोहम्मद मक्तुम जुमा ला मक्तुम दुबईका असली राजकुमार नभएको पाइएको छ।

सुनको लौरो नै लिएर दुबईबाट व्यबसाई समेत रहेका प्रसाईलाई भेट्न आएका राजकुमार भनिएका व्यक्ति नै नभएको पाइएपछि अहिले प्रसाई समेत तनावमा आएका छन्। दुबईका क्राउन प्रिन्स अर्थात् राजकुमार नेपाल भ्रमणको क्रममा झापा आएको भन्दै शनिबार सञ्चार माध्यममा समाचार आएता पनि उक्त समाचार झुटो भएको पाइएको छ।

दुबईका राजकुमार आउँदा नेपाल सरकारले विशेष कूटनीतिक मान्यता दिनुपर्ने भएता पनि ति ब्यक्ति आउँदा कुनै जानकारी नै नभएको र सर्वसाधारण झैँ यात्रु विमानबाट काठमाडौँको विमानस्थलमा उत्रिएका थिए।

काठमाडौँ अवतरण गरे लगत्र्त झापा हानिएका ति बयक्ति दुबईका अधिराजकुमार चाहिँ हुन्, असली राजकुमार नेपाल भ्रमणमा आएकै रहेनछन् झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले भने। दुबईका क्राउन प्रिन्स अर्थात् राजकुमार शेख हमदन बिन मोहम्मद बिन रसिद अल मक्तुम हुन्।

नेपाल आए भनिएका राजकुमारको नाम चाहिँ शेख मोहम्मद मक्तुम जुमा ला मक्तुम हुन्। वास्तवमा नेपाल आएका राजकुमार दुबईका शाही परिवारका टाढाका नातेदार हुन् तर त्यहाँको शक्तिशाली राजकुमार भने होइनन्।

अचम्म कुरा के छ भने दुबईका क्राउन प्रिन्स राजकुमार आफ्नो निजी विमानमा मात्र उडान गर्छन्। तर, यी राजकुमार भने सर्वसाधारण झैँ यात्रु विमानबाट काठमाडौँको विमानस्थलमा उत्रिएर सिधै प्रसाईलाई भेट्न झापा हानिएका थिए।

जानकारहरुका अनुसार दुबईको जनसङ्ख्या थोरै छ, त्यहाँ शाही परिवारसँग प्राय सबैको नाता पर्छ। प्राय सबैले आफूलाई अधिराजकुमार भन्ने गर्छन्। त्यस्तै मध्येका एक अधिराजकुमार नेपाल आएको बतइनछ।

बिएण्डसी अस्पताल र पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडका सञ्चालक दुर्गा प्रसाईँले सुनको लौरो उपहार पाए लगत्तै नेपालमा खल्लबल्ल मच्चियो। चर्चासँगै यसले देशको सुरक्षा संयन्त्रभित्र तरङ्ग नै उत्पन्न गर्यो।

दुबईका राजकुमार भनिएका शेख मोहम्मद जुमाले मेडिकल व्यवसायी तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईँलाई उपहार दिएको लौरो सुनको सक्कली वा नक्कली हो

भन्ने विषयमा अहिलेसम्म खास तथ्य बाहिर आएको छैन। सुनको लौरो कसरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छिरे? त्यती ठूलो परिणामको सुन कसरी भित्रियो भन्ने प्रश्न चौतर्फी उठेको छ।

Facebook Comments Box