रविको पार्टीविरुद्ध निर्वाचन आयोगमा उजुरी।असार ८, रवि लामिछानेले मंगलबार घोषणा गरेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’विरुद्ध स्वतन्त्र उम्मेदवारी घोषणा गरेका नेताहरूले
निर्वाचन आयोगमा उजुरी दिएका छन् ।काभ्रे क्षेत्र नं २ बाट संघीय निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका मनोज पण्डितसहितका नेताहरूले बुधबार आयोग
मा पुगेर उजुरी दिएका हुन् । उनीहरूले रवि लामिछानेले घोषणा गरेको पार्टीको दर्ता रोक्न पनि माग गरेका हुन्
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त उनै दिनेश
थपलियालाई बुधबार उजुरी बुझाएको पण्डितले जानकारी दिए । ‘म रवि लामिछानेको स्वतन्त्र पार्टीको उम्मेदवार हैन । म वास्तविक उम्मेदवार हुँ भनेर भन्नुपर्ने अवस्था आयो ।
रविको पार्टी त्यही नाममा दर्ता हुँदा यसले वास्तविक स्वतन्त्र उम्मेदवारबारे भ्रम उत्पन्न हुने अवस्था आएपछि हामीले उजुरी दिएका हौं,’ पण्डितले भनेका छ पण्डितले
स्थानीय तहको निर्वाचनअघि नै संघीय निर्वाचनका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका थिए पण्डितसँगै पुष्कर शाह, राजकुमार बजगाईँ लगायत युवाहरूले पनि उजुरी
पत्रमा हस्ताक्षर गरेका छन् । पण्डितका अनुसार निवेदन ग्रहण गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले उनीहरूको चासोलाई मध्यनजर गर्ने प्रतिक्रिया दिएका थिए ।रवि
लामिछानेले मंगलबार पूर्णकालीन राजनीति प्रवेश गरेको भन्दै राष्ट्रिय सभागृहबाट ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को घोषणा गरेका थिए । यद्यपि उनको पार्टी निर्वाचन आयोगमा दर्ता
भइसकेको छैन । साथै उनले ‘घण्टी’ लाई आफ्नो पार्टीको चुनाव चिह्न प्रस्तावित गरेका छन् । थप हाईलाईट रबि लामिछानेले मंगलबार घोषणा गरेको ‘राष्ट्रिय स्वतन्त्र
पार्टी’विरुद्ध स्वतन्त्र उम्मेदवारी घोषणा गरेका नेताहरूले निर्वाचन आयोगमा उजुरी दिएका छन् ।काभ्रे क्षेत्र नं २ बाट संघीय निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी घोषणा
गरेका मनोज पण्डितसहितका नेताहरूले बुधबार आयोग मा पुगेर उजुरी दिएका हुन् । उनीहरूले रवि लामिछानेले घोषणा गरेको पार्टीको दर्ता रोक्न पनि माग गरेका हुन्
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त उनै दिनेश थपलियालाई बुधबार उजुरी बुझाएको पण्डितले जानकारी दिए