वकिलद्वय पोख्रेल र कोइरालाकाे खतरनाक डिल, २ करोड हात परे इच्छाराजलाई रिहा ! (भिडियो)सिभिल सहकारीको रकम हिनामिना प्रकरणका मुख्य आरोपी
इच्छाराज तामाङलाई धरौटीमा रिहा गर्न भएको असफल डिलको अडियो रेकर्ड ‘कार्यक्रम सिधा कुरा जनतासँग’को हात परेको छ ।२ हजारभन्दा बढी निक्षेपकर्ताको ८ अर्व
भन्दा बढी रकम ठगेका इच्छाराज हाल हिरासतमा छन् । उनलाई धरौटीमा रिहा गराउन काठमाडौँ जिल्ला अदालत का न्यायाधिस राजकुमार कोइराला र तामाङको पक्षमा
बहस गरिरहेका वकिल रुद्र प्रसाद पोख्रेलबीच एउटा खतर नाक डिल भएको तथ्य बाहिरिएको हो ।१० करोड रुपैयाँ धरौटी लिएर तामाङलाई रिहा गर्ने योजना बनाइएको थियो
वकिल पोख्रेल र न्यायाधीश राजकुमार कोइराला बीच भएको गोप्य सम्वादमा १० करोड धरौटी मागेर तामाङ लाई रिहा गर्ने र यो काम गरेबापत २ करोड लिने डिल
अडियो रेकर्डमा सुनिएको छ ।अधिवक्ता र न्यायाधीश बीच भएको सम्वादमा न्यायाधीश कोइरालाले तामाङलाई धरौटीमा छाड्ने आँट गर्न सक्दैनन् । उनी केही डराएको
जस्तो सुनिन्छ । तामाङ रिहा भएको विषय पत्रपत्रिकामा आएमा त्यसले आफ्नो जागिर जान सक्ने शंका पनि उनले गरेका छन् तर न्यायाधीश कोइरालालाई अधिवक्ता पोख्रेल
ले सबै चाँजोपाँचो आफूले मिलाउने भन्दै उक्साउँछन् ।अधिवक्ता र न्यायाधीशबीच करिब १० मिनेट कुरा भएको छ । कुराकानीका क्रममा पोख्रेलले प्रधानन्यायाधीश।।
चोलेन्द्र शमशेर राणालाई समेत जिल्लाका मुख्य न्याया धीश राजुकुमार खतिवडालाई भन्न लगाउने वाचा गरेको सुनिन्छ ।अडियोमा राजुकुमार खतिवडाको नाम उल्लेख
छैन । तर जिल्लाका एक नम्बर भन्नाले मुख्य न्यायाधीश राजुकुमार खतिवडा हुन् भन्ने बुझ्न गाह्रो छैन ।यो गोप्य अडियोको लगभग १० मिनेट लामो छ । यो डिल भएर
पनि न्यायाधीश राजकुमार कोइरालाले तामाङलाई १० करोड धरौटी मागेर रिहा गर्दैनन् । तामाङ र केशवलाल श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश २०७८ पुस
१४ गते दिन्छन् ।एकातिर १० करोड धरौटीको कुरा, अर्कोतिर आरोपीहरुलाई पुर्पक्षमा पठाएपछि न्यायाधीश र अधिवक्ताबीच भएको डिल असफल भएको पुष्टि हुन्छ ।
यो डिल किन असफल भयो ? भन्ने स्पष्ट भइसकेको छैन । इच्छाराज तामाङलाई ठगी र संगठित अपराध कसूरमा केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले ७८ असोज १८ गते
पक्राउ गरेको थियो ।अहिले तामाङ र उनका सहयोगी अर्थात सिभिल सहकारीका वर्तमान अध्यक्ष केशव लाल श्रेष्ठ डिल्ली बजार जेलमा छन् ।उनीहरुविरुद्ध काठमाडौं
जिल्ला अदालत र उच्च अदालत पाटनमा मुद्दा चलिरहेको छ ।प्रहरीका अनुसार यो नेपालकै सबैभन्दा ठूलो ठ”गी प्रकरण हो संगठित अपराध र ठगी मुद्दामा पनि जिल्ला
अदालत काठमाडौंले झन्डै तीन साता लामो थुनछेक बहसपछि उनीहरुलाई जेल चलानको आदेश दिएको थियो तामाङले निक्षेपकर्ताहरुलाई आकर्षक ब्याजको
प्रलोभनमा पारेर सहकारीमा पैसा जम्मा गर्न लगाई सहकारीको नियमविपरीत कर्जा आफ्नै कम्पनीको नाम मा प्रवाह गरेका थिए ।ती कम्पनीबाट भएको आम्दानी
लुकाएर सहकारीको कर्जा नतिरेपछि संस्था समस्यामा परेको थियो ।पीडित बचतकर्ताहरुले आफ्नो बचतको रकम यस सहकारीबाट करिब तीन बर्ष देखि पाएका छैनन्
यती धेरै रकम सहकारी बाट अ”पचलन गरेर लगे पछि तामाङले सो रकम आफ्ना, आफ्नी श्रीमती र दुई छोरीहरु, केशव लाल श्रेष्ठ र उनले भनेको मान्ने मान्छेका नाममा
राखेको बताइन्छ । उनले खोलेका २२ वटा निजी कम्पनी मा पनि रकम लगानी गरेका छन् । केही रकम बेलारुस पु-याएको पनि बताइन्छ ।तामाङले करिब एक अर्ब पर्ने
सिभिल सहकारीको काठमाडौंको सोल्टिमोड स्थित भवन पनि गैर कानुनी रुपले आफ्ना निजी कम्पनिमा नामसारी गरेर लगेको त्यहाका पूर्व कर्मचारिहरुले लिखित रुपमा बताएका छन् news 24 बाट