ताजा समाचार राजनीतिक

काठमाडौं बाट आयो फेरि अर्को खुशिको खबर..

काठमाडौं । काठमाडौं महानगरपालिकामा साँझ ६ बजेसम्म १ लाख १८ हजार २५७ मत गणना भइसकेको छ । अहिलेसम्म काठमाडौ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले अग्रता लिइरहेका छन् ।

उनले ४१ हजार ५२२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रे सका प्रमुख पदका उम्मेदवार सिर्जना सिंहले २४ हजार १८४ र नेकपा एमालेका प्रमुख पदका उम्मेदवार केशव स्थापितले २३ हजार २४६ मत प्राप्त गरेका छन् ।

यसैबीच काठमाडौ महानगरपालिका वडा नम्बर २५ मा अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार राजेश डङोल विजयी भएका छन् ।

यसैगरी थप समाचार !!ब्रेकिङ काठमाडौंको ताजा अप्डेट हेर्नुहो स। काठमाडौं महानगरपालि काको आइतबार मध्याह्नसम्म १ लाख ६ हजार ५१६ मतगणना सम्पन्न भएको छ । सहायक निर्वाचन अधिकृत प्रेम प्रसाद पौडेलले १ लाख ६ हजार ५१६ मतगणना सम्पन्न हुँदा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेको जानकारी दिए ।

उनका अनुसार साहले ३८ हजार ८९४ मत प्राप्त गरेका छन् । यस्तै दोस्रो स्थानमा नेपाली काँग्रेसकी सिर्जना श्रेष्ठले २१ हजार ५३८ मत पाएकी छन् भने तेस्रो स्थानमा रहेका एमाले,,का उम्मेदवार केशव स्थापितले २० हजार ९६५ मत पाएका छन् ।

यसैगरी विवेकशील साझाकी समीक्षा अधिकारीले ४१५ मत पाएकी छन् । यस्तै राप्रपाका उम्मेदवार मदन दास श्रेष्ठ ३ हजार ४२९ मत पाएका छन् । ​

उपमेयरमा एमालेकी सुनिता डंगोलले ३८ हजार ३५१ मत पाउँदा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका रामेश्वर श्रेष्ठले १३ हजार ४३१ मत पाएका छन् ।

यस्तै राप्रपाका उम्मेदवार ७ हजार २३ मत पाएको पौडेलले जानकारी दिए । राजधानीको राष्ट्रिय सभागृहमा काठमाडौं

महानगरपालिकाको मतगणना हुँदै आएको छ। मतगणना सुरु भएको ८ दिन बितिसक्दा अझै ४५ प्रतिशतको हाराहारीमा मतगणना हुन बाँकी रहेको छ ।

Facebook Comments Box