ताजा समाचार हाईलाइट

ब्रेकिङ भरतपुरको ताजा अप्डेट हेर्नुस।

चितवनको भरतपुर महानगरपालिकामा सत्तागठबन्धनबाट मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बढाउँ दै लगेकी छन्।

अहिलेसम्म ९४२३२ मत गणना भएको छ।उनले अहिलेसम्म ३७०२७ मत ल्याएकी छन्। यहाँ नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले भने २८९६८ मत ल्याएका छन्।

दाहाल र सुवेदीबीच ८०५९ को मतान्तर छ।स्वतन्त्र उठेका जगन्नाथ पौडेलले १२२३३ मत ल्याएका छन्।उपमेयरमा भने सत्तागठबन्धनबाट कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी अगाडि छन्। उनले ३९१२९ मत ल्याएका छन्। एमाले-राप्रपा गठबन्धनबाट उपमेयर उम्मेदवार हिमला गुरूङले २२९११ मत ल्याएकी छन्। मतगणना जारी छ।

यो पनि,, बालेनले भ्न्दा अगाडि लौरो चिन्ह स्वतन्त्र बाट मेयर बने धरान हर्क सांपाङले गरे चमत्कार । काठमाडौं । हालै सम्प न्न भएको निर्वाचनमा लौरोले तहल्का मच्चाएको छ । लौरो चुनाव चिन्ह काठमाडौंका मेयर बनेका बालेन साह यतिबेला देशभित्र मात्रै नभए विश्वभर नै चर्चामा छन् ।

तर, लौरो चुनाव चिन्ह लिएर बालेन साहभन्दा अगाडि मेयर पदमा निर्वाचित भने हर्क राई भएका छन् । एक लाखभन्दा बढि मतदाता भएको धरान उपमहानगरपालिकामा लौरो चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका हर्क राईले कांग्रेस र एमालेका उम्मेदवारलाई धुलो चटाउँदै मेयरमा बिजयी भएका हुन् ।

उनलाई निर्वाचन आयोगले औपचारिक बिजय घोषणा गर्न भने बाँकी छ । मत गणनाको अन्तिम परिणाम आउन बाँकी भए पनि उनको मतान्तर गन्न बाँकी मत भन्दा बढि भएपछि जित निश्चित भएको हो ।

पछिल्लो तथ्याङ्क अनुसार उनले १५०७७ मत प्राप्त गरेका छन् । उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका किशोर राईले १२७ १० मत प्राप्त गरेका छन् । अब गणना गर्न जम्मा दुई हजार मात्रै मत बाँकी रहेको छ ।

लौरो चिन्ह लिएर काठमाडौं महानगरपालिकामा उम्मेदवारी दिएका बालेन साहले सिंगो देश हल्लाइरहेको बेला कम चर्चामा रहँदै धरान उपमहानगरपालिकामा राईले जितेर चमत्कार गर्न सफल भएका छन् ।

Facebook Comments Box