एक्सक्लुसिभ भिडियो ताजा समाचार

“बालेन साहलाई आएको भोट ‘नो भोट’ हो: झाँक्री( भिडियो)

शहरी विकास मन्त्री तथा नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले काठमाडौं महानगरबाटस्वतन्त्र उम्मेदवार बालेन साहले ल्याएको भोट लाई ‘नो भोट’ को

रूपमा व्याख्या गरेकी छन् । यो मतलाई लिएर बालेन साहले जनताको मन जितेको भन्न नमिल्ने उनले बताइन् ।प्राइम टिभीमा ऋषि धमलालाई अन्तर्वार्ता दिँदै झाँक्रीले

नेपालको कानूनी व्यवस्थामा ‘नो भोट’ को प्रावधान नभ एकाले दलहरूसँग असन्तुष्ट मत स्वतन्त्र उम्मेदवारलाई गएको दाबी गरिन् ।उनले भनिन्, ‘उहाँले उठाएको मुद्दा

राम्रो लागेर वा मतदाताको विश्वास जितेर भोट पाएको भनेको सुन्छु । त्यस्तो होइन । हाम्रो कानूनले चुनावमा यो वा त्यो दललाई भोट हाल्नैपर्ने बाध्यता बनाएको छ । नो

भोटको व्यवस्था छैन ।बालेन साहले पाएको भोट नै नो भोट हो । तिमीहरूको दल र तिमीहरूको उम्मेदवारभन्दा बाहिर मत हाल्छु भनेको हो । नो भोटको अप्सन भएको

भए यो परिणाम त्यता आउन सक्थ्यो ।’झाँक्रीले काठमाडौं को मतदानले दलहरू लाई अब सच्चिने मौका दिएको पनि उल्लेख गरिन् ।अब संघीय र प्रदेश चुनावहरू आउँदैछन् ।

त्योभन्दा अगाडि दलहरूलाई सच्चिने मौका हो । सूरूमै संकेत दिएको हो । यो हदसम्म म जनताको मतलाई रिगार्ड गर्छु, सम्मान गर्छु । जनताले यस्तो मत राख्न पाउनुहुन्छ,’।

उनले भनिन् ।अहिलेको मतपरिणाम एकदम ठीक भइरहे को पनि उनले बताइन् ।मलाई यो एकदम ठीक भइरहेको जस्तो लागेको छ । कसैले चुनौती नदिइकन अब दलहरू

सच्चिन्नन् । अब पार्टीहरू रुपान्तरण हुनैपर्छ भन्ने यसले म्यासेज दिएको छ,’ उनले भनिन् ।थप भिडियो हेर्नुस् र प्रतिक्रिया हरु भए पनि कमेन्ट गर्नुस् सबैलाई धन्यवाद

Facebook Comments Box