ताजा समाचार

भावी उपमेयरलाई बिहेको प्रश्नले हैरानी,यस्तो भन्छिन् सुनिता।

के हो भावी उपमेयरलाई बिहेको प्रश्नले हैरानी, के मंसिरमा लगनगाँठो कस्दैछिन् ?रिलेसनसिपमा होइन, इलेक्सनसिप मा बिजी छुः सुनिता डंगोलकाठमाडौं । काठमाडौंको भावी

उपमेयरको दौडमा अगाडि बढेसँगै सुनिता डंगोलका विषयमा जनचासो ह्वात्तै बढेको छ । मिडियाले उनको निजी जीवनका विषयमा पनि निकै खोजीनीति गर्न थाले

का छन् । तर, यही क्रममा कतिपय फेक न्यूजहरूले उन लाई दु:ख दिइरहेको छ ।अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको समाचार हो- सुनिताले मंसिरमा बिहे

गर्दैछिन् । केही समाचारमा त उनको भावी श्रीमान्‌को नाम र परिचयसमेत दिइएको छ । उनीहरू रिलेसनसिपमा रहे को र विवाहका लागि चाँजोपाँजो पनि मिलाइरहेको दाबी

समाचारमा गरिएको छ ।हामीले उनैलाई सोध्यौँ, ‘मंसिरमा भोज खुवाउन लाग्नुभएको हो ?’लामो हाँसोसहित सुनिता ले जवाफ दिइन्, ‘म त हैरान भइसकेँ जवाफ दिँदादिँदा ।

मेरो बिहे हुँदैछ भन्ने मैले पनि समाचारमा पढेर थाहा पाएको हुँ । खोइ कहाँबाट, कसलाई सोधेर समाचार लेखि एको हो ?’सुनितालाई देश-विदेशबाट फोन र म्यासेजमा

कैयौंले विवाहबारे सोधिरहेका छन् । परिवारसमेत चकित परेको उनले सुनाइन् ।अस्तिसम्म मंसिर भन्ने थियो रे फेरि जेठमै भन्ने आयो भनेर आफन्तले सुनाइरहेका छन्, सुनिता

ले भनिन् ।यद्यपि उनको यसमा ठूलो गुनासो भने छैन ।आफैंलाई सान्त्वना दिँदै भनिन्, ‘यो सबै मप्रतिको माया र सद्भावकै कारण हो जस्तो लाग्छ । नकारात्मकरूपमा लिए

की छैन ।’उपमेयरको उम्मेदवार बनेदेखि नै फेसबुकदेखि टिकटकसम्म भाइरल बनेकी छिन् सुनिता । काठमाडौंको मतगणनामा अग्रस्थान कायम गरेसँगै उनको लोकप्रियता

को ग्राफ उकालो लागेको छ । सामाजिक सञ्जालमा उनलाई निकै सकारात्मक कमेन्टहरू आइरहेका छन् । टिकटकमा कतिपय युवाहरूले उनको सौन्दर्य र मुस्कान

को प्रशंसा गर्दै ‘नेसनल क्रस’ संज्ञा दिएका छन् ।त्यसो त सुनिताको विवाहको उमेर भइसकेको छ । के उनी कसैसँग रिलेसनसिपमा छिन् ? उनका प्रशंसकहरूलाई चासो हुन

सक्छ ? यो चासो पनि उनले निवारण गरिदिइन् ।‘त्यस्तो केही पनि छैन । म अहिले रिलेसनसीपमा होइन इलेक्सन सिपमा नै बिजी छु,’ उनले भनिन् ।साभार

Facebook Comments Box