ताजा समाचार

काठमाडौँको ताजा गणना!

काठमाडौं । काठमाडौं महानगरमा बालेन शाहको अग्रता कायमै रहँदा केशव स्थापित भने पछि परेका छन् ।हाल सम्म काठमाडौं महानगरको एक लाख बढी मतगणना

भइसकेको छ ।पछिल्लो जानकारी अनुसार काठमाडौंमा एक लाख दुई हजार ७६३ मतगणना भइसकेको छ । जसक्रममा काठमाडौं महानगरका स्वतन्त्र उम्मेदवार

बालेन शाहले ३८ हजार ३३३ मत प्राप्त गरेका छन् ।त्यसपछि नेपाली कांग्रेसकी सिर्जना सिंहले २१ हजार २९९ मत ल्याउँदै दास्रो स्थानमा छन् । एमालेको प्रमुखका

उम्मेदवार २१ हजार ८ मत ल्याएका छन् ।केशव स्थापित का हालको पोजिसन सिर्जनाभन्दा २९१ मतले पछि र बालेनभन्दा १७ हजार ३२५ हजार ५४१ मतले पछि हो।

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले लामो मतान्तर कायम गरेकी छन् ।उनले पनि आफ्नो निकटतम प्रतिद्वन्द्वी

नेकपा एमालेका विजय सुवेदीसँग रेनुले झण्डै ७ हजार नजिकको अग्रता कायम गरेकी छन् ।पछिल्लो मत परि णाम अनुसार रेनुले ३२५१९ मत पाएकी छन् । त्यस्तै

एमालेका उम्मेदवार विजय सुवेदीले २५५८० मत पाएका छन् ।यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११,२९६ मत पाएका छन् ।हालसम्म ( यो समचार बनाउदा सम्म

भरतपुरमा ८३१११ गणना भइसकेको छ । जसमा मुख्य प्रतिस्पर्धी रेनु र विजयको मतान्तर ६९३९ हो ।त्यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले अग्रस्थानमा

छन् । उनले हालसम्म ३४,९३४ मत पाउँदा पाएका छन् । त्यस्र्तै राप्रपाकी हिमला गुरुङले २००३१ मतका पाएकी छन् ।भरतपुरका २९ वडाबाट एक लाख २७ हजार ८३१

मत खसेको थियो । शनिबार राति ११ बजेसम्ममा भरतपुर मा ८३१११ मत गणना भइसकेको छ । अब अन्य थप समचार काठमाण्डाै – नेकपा एमालेका सचिव याेगेश

भट्टराईले काठमाण्डाै महानगरपालिका मा स्वतन्त्र उम्मे दवारकाे मत बढी आउनु दलहरूकाे निम्ति खतराकाे घण्टी भएकाेटिप्पणी गर्नुभएकाे छ । आज बिहीवार प्रतिनिधि

सभा बैठकका लागि संसद् भवन बानेश्वर पुग्नुभएका उनै सचिव भट्टराईले सञ्चारकर्मीसँग कुरा गर्दै यस्ताे बताउनु भएकाेहाे ।  कांग्रेस, एमाले लगायतका ठूला दलहरूलाई

चुनौती दिँदै स्वतन्त्र उम्मेदवारको मत बढी आउनु दलहरू को निम्ति खतराको घण्टी भएको बताउनुभएकाे हाे ।त्यसै गरी सचिव भट्टराईले सत्ता गठबन्धनले एमालेका विरुद्ध

राज्यसत्ताको दुरुपयोग गरेको आरोप लगाउनु भयो । गठबन्धनलाई परास्त गर्दै एमालेले ल्याएकोमत परिणाम निराशाजनक नभएको उहाँले बताउनुभयो । पार्टी हार्नुकाे

कारण उम्मेदवार छनाेटमा कमजोरी हुनु रहेको उहाँकाे भनाइ छ । कतिपय ठाउँमा पार्टीलाई जिताउन नलागी विरोधीहरूलाई जिताउन साँठगाँठ गरिएको पनि उहाँले

बताउनुभयो । सचिव भट्टराईले भन्नुभयो, ‘यस पटकको चुनावमा एमालेको विरुद्धमा पनि बनाइयो,त्यसले राज्य सत्ता लाई एमालेका विरुद्ध दुरुपयोग गरियो । यो परि स्थितिमा एमालेले ल्याएकाे परिणाम निराशाजनक होइन ।

Facebook Comments Box