काठमाण्डाै – नेकपा एमालेका सचिव याेगेश भट्टराईले काठमाण्डाै महानगरपालिका मा स्वतन्त्र उम्मेदवारकाे मत बढी आउनु दलहरूकाे निम्ति खतराकाे घण्टी भएकाे
टिप्पणी गर्नुभएकाे छ । आज बिहीवार प्रतिनिधि सभा बैठकका लागि संसद् भवन बानेश्वर पुग्नुभएका सचिव भट्टराईले सञ्चारकर्मीसँग कुरा गर्दै यस्ताे बताउनुभएकाे
हाे । कांग्रेस, एमाले लगायतका ठूला दलहरूलाई चुनौती दिँदै स्वतन्त्र उम्मेदवारको मत बढी आउनु दलहरू को निम्ति खतराको घण्टी भएको बताउनुभएकाे हाे ।
त्यसैगरी सचिव भट्टराईले सत्ता गठबन्धनले एमालेका विरुद्ध राज्यसत्ताको दुरुपयोग गरेको आरोप लगाउनुभयो । गठबन्धनलाई परास्त गर्दै एमालेले ल्याएकोमत परिणाम
निराशाजनक नभएको उहाँले बताउनुभयो । पार्टी हार्नुकाे कारण उम्मेदवार छनाेटमा कमजोरी हुनु रहेको उहाँकाे भनाइ छ । कतिपय ठाउँमा पार्टीलाई जिताउन नलागी
विरोधीहरूलाई जिताउन साँठगाँठ गरिएको पनि उहाँले बताउनुभयो । सचिव भट्टराईले भन्नुभयो, ‘यस पटकको चुनावमा एमालेको विरुद्धमा पनि बनाइयो, त्यसले
राज्यसत्तालाई एमालेका विरुद्ध दुरुपयोग गरियो । यो परिस्थितिमा एमालेले ल्याएकाे परिणाम निराशाजनक होइन ।’ थप हाईलाईट पढ्नुस नेकपा एमालेका सचिव
याेगेश भट्टराईले काठमाण्डाै महानगरपालिका मा स्वतन्त्र उम्मेदवारकाे मत बढी आउनु दलहरूकाे निम्ति खतराकाे घण्टी भएकाेटिप्पणी गर्नुभएकाे छ । आज बिहीवार प्रति
निधि सभा बैठकका लागि संसद् भवन बानेश्वर पुग्नुभएका सचिव भट्टराईले सञ्चारकर्मीसँग कुरा गर्दै यस्ताे बताउनु भएकाे हाे