राजनीतिक

राष्ट्रपति र प्रधानमन्त्रीको अ’संवैधानिक क’दमविरुद्ध सप्तरीमा प्र’दर्शन

राष्ट्रपति विद्यादेवी  भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली को  असंवैधानिक  कदमको वि’रोध  गर्दै सप्तरीमा प्रदर्शन भएको छ ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सप्त रीले वि’रोध  प्रदर्शन  गरेको हो ।  राजविराजमा आयोजित वि’रोध  प्रदर्शनमा माओवादी केन्द्रका केन्द्रिय  सदस्य तथा सप्तरी जिल्ला अध्यक्ष  अमर  कुमरा मण्डलले प्रधानमन्त्री ओलीले अवैधानिक रुपमा प्रतिनिधिसभाको विघटनको

सिफारिस गरेकै आधारमा राष्ट्रपति भण्डारीले संसद विघट न गरेको आ’रोप  लगाए । उनले को’रोना महामारीको बेला मा जनतालाई सहज उपचारको  व्यवस्था  गर्नुपर्ने  बेलामा ज्यानमारा  ढंगले  निर्वाचनको  घोषणा  गरिनु संविधानको बर्खिलाप  रहेको बताए ।  राजविराजस्थित  काली  मन्दिर बाट निस्केका जुलुस नगरका विभिन्न भागको परिक्रमा गर्दै दर्शन चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

यो पनि ……राष्ट्रिय  जनमोर्चाले प्रधानमन्त्री केपी ओलीको प्रतिगमनका विरुद्ध संघर्ष गर्नु आजको मुख्य आवश्यकता भएको बताएको छ। सो पार्टीका अध्यक्ष चित्रबहादुर केसी को अध्यक्षतामा   शनिबार बसेको बैठकले ओलीको प्रतिग मनका विरुद्ध  राजनैतिक तथा कानुनी संघर्ष अगाडि बढा उन जोड समेत दिएको छ ।

बैठकपछि  जारी विज्ञप्तिमा प्रधानमन्त्री र राष्ट्रपतिको मिले मतोमा संसद विघटनको कार्य गणतन्त्र, संविधान र जनता का अधिकारका विरुद्ध रहेको उल्लेख गरिएको छ । ओली लाई  संसदले  पहिले  पनि विश्वासको मत दिएको थिएन । अर्थात्  प्रधानमन्त्रीका  लागि  ओली  एकचोटी   संसदबाट अस्वीकृत भएका थिए भने अर्कोपटक स्वयं आफैले विश्वा सको मत लिन नसक्ने बताएका थिए ।’

विज्ञप्तिमा  भनिएको  छ , ‘यसरी  दुई दुई पटक संसदबाट अस्वीकृत व्यक्तिले  संविधानको  धारा ७६ (५) अन्तर्गतको सरकारको  गठनका  लागि  कथित बहुमतको दावी प्रस्तुत गर्नु तथा  राष्ट्रपतिले  विपक्ष  गठन बन्धनको पक्षमा प्रतिनि धि सभाका  १४९ जना सदस्यहरु स्वतन्त्र तथा विवेकसम्म त ढंगबा ट दिएको  सहमतिलाई  लत्याएर ओली र विपक्षी गठबन्धन दुईटैको

दावी  खा’रे ज गरी  ओलीलाई   संसद   विघटनका   लागि “मार्गप्रशस्त” गर्ने काम राष्ट्रपतिबाट भएको छ प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा  संसद विघटनको कार्य गणतन्त्र, संविधान र जनताका अधिकारका विरुद्ध रहेको छ ।ओली देशमा  प्रतिगम  न लादेर   फासिवादमा  जान  चाहेको प्रष्ट भएको पनि जनमोर्चाले दावी गरेको छ।श्रोत:रातोपाटि

Facebook Comments Box