८ जेठ, काठमाडौं । अमेरिकी सरकारले को’रोना विरुद्ध लड्नका लागि नेपाललाई पहिलो चरणमा प्रदान गरेको स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ ।परराष्ट्र मन्त्रालय का अनुसार पहिलो चार्टर्ड विमानले शनिबार स्वास्थ्य सामग्रीहरु नेपाल ल्याएको हो । बाँकी दुई चार्टर्ड विमान दुई दिनभित्र काठमाडौं आउने मन्त्रालयले जनाएको छ ।
शनिबार ल्याइएका सामग्रीहरुमा सर्जिकल मास्क, फेस शिल्ड लगायत छन् । यसैगरी सयवटा भेन्टिलेटर र एक हजार अक्सिजन सिलिण्डर रहेका छन् । ती सामग्री आइत बार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरि नेछ ।काठमाडौंस्थित अमेरिकी राजदूतावासका अनुसार अन्य स्वास्थ्य सामग्रीहरु आइतबार र सोमबार चार्टर्ड विमानमार्फत आउनेछन् ।
यो पनि …..सभामुख अग्निप्रसाद सापकोटाले संसद विघट नलाई असंवैधानिक र अलोकतान्त्रिक भनेका छन् ।शनि बार वक्तव्य जारी गर्दै सभामुख सपकोटाले संसद विघटन ११ फागुन मा सर्वोच्च अदालतले गरेको फैसला विपरित भएको दाबी गरेका हुन् । उनले भनेका छन्, ‘फैसलामा ‘अन्य विकल्प हुँदाहुँदै कसैको इच्छा वा आत्मनिष्ट रुपमा देखेको
आवश्यकताका आधारमा आवधिक चुनाव बाहेकको अवस्थामा जनतालाई समेत आर्थिक दायित्व पर्ने गरी प्रतिनिधिसभा विघटन गरिनु संविधानको मर्म र उद्देश्य नहुँदा त्यस्तो कार्य संविधानसम्मत हुँदैन भनेको स्मरणीय छ ।’संविधानको धारा ७६ (५) अनुसार वैकल्पिक सरकार गठनका लागि वस्तुगत आधार पेश भइसकेको अवस्थामा प्रधानमन्त्री नियुक्त गर्ने विकल्प रहँदारहँदै संसद विघटन गरिएको समेत उनले बताएका छन् ।
उनले अघि भने, ‘राष्ट्रपति कार्यालयबाट २०७८ जेठ ७ गते जारी विज्ञप्ति नेपालको संविधान राजनीतिक दल सम्बन्धी ऐन २०७३ र प्रतिनिधिसभा नियमावली २०७५ ले गरेको व्यवस्थासँग मेल खाएको देखिंदैन । जुन शक्ति पृथकीकर ण, सन्तुलन र नियन्त्रणको सिद्धान्त विपरीत हुन गएको छ ।’श्रोत:अनलाइनखबर