राजनीतिक

चुनावमै जाने हो भने जनमतसंग्रहमा गएर यो व्यवस्था नै फाल्ने फैसला गरौं: विप्लव

काठमाडौँ । नेकपाका महासचिव विप्लवले देशको सम सामयिक रजनीतिक परिस्थितीला ई मध्यनजर गरेर यदि चुनावमै जाने हो भने पुँजीवाद, दलाल पुँजीवाद वा वैज्ञा निक समाज वाद भन्ने बिषयमा जनमतसंग्रहमा गैर व्यव स्था कै फैशला गर्नुपर्ने बताएका छन् ।बेपत्ता योद्धा दिवस को सन्दर्भमा एक प्रेस बिज्ञप्ति जारी गर्दै विप्लवले यस्तो धारणा सार्बजनिक गरेका छन् ।

‘ बिज्ञप्ति मार्फत राज्यद्वारा बेपत्ता योद्धाहरू लाईअन्त स्करणदेखि स्मरण गर्दै उच्च सम्मान व्यक्त गरेका छन् । बेपत्ता योद्धा दिवसका अवसरमा प्रेस वक्तव्य जारी गर्दै महासचिव विप्लवले महान् बेपत्ता योद्धा एवम् सहिद परिवारहरूप्रति हार्दिक समवेदना पनि प्रकट गरेका छन् ।

‘यस्तै विप्लवले यो दलाल पुँजीवादी व्यवस्था र सरकारले बेपत्ता तथा सहिद योद्धाहरूको योगदान उपभोग गरे पनि उनीहरूको त्याग र बलिदानको कदर नगरेको बताएका छन् । वक्तव्यमा बेपत्ता योद्धाहरूको सपना पूर्ण रूपले पूरा नभए पनिआज देशमा प्राप्त गणतन्त्र सहिद तथा बेपत्ता योद्धाहरूकै त्याग र बलिदानले गर्दा सम्भव भएको तर जुन नेता र पार्टीहरूले
गणतान्त्रिक सत्ताको भोग गरिरहेका छन्,

‘गणतन्त्र आएको चौध वर्ष बितिसक्दा पनि तिनै महान् योद्धाहरूको अवस्था अज्ञात रहनुले राज्य र नेताहरू कुनै कुम्भकर्ण निद्रामा परेजस्तो मस्त भएको उल्लेख   छ ।विप्लवले विज्ञप्तिमा भनेका छन्- ‘आज जेठ ७ गते बेपत्ता योद्धा दिवस हो ।

‘नेपाली श्रमिक जनता, मजदुर, किसान, महिला, दलित, जनजाति, युवाको पूर्ण मुक्ति, देशको स्वाधीनता, नयाँ जनवादी, वैज्ञानिक समाजवादी सत्ता स्थापनाका लागि सञ्चालित महान् जनयुद्धमा होमिएका कमरेडदण्डपाणि न्यौपाने, पूर्ण पौडेललगायत हजारौँ योद्धाहरू आजसम्म बेपत्ता हुनुहुन्छ ।

‘सर्वप्रथम हामी आदरणीय बेपत्ता योद्धाहरूलाई अन्तस्करणदेखि स्मरण गर्दै उच्च सम्मान व्यक्त गर्दछौँ । साथै महान् बेपत्ता योद्धा एवम् सहिद परिवारहरूप्रति समवेदना प्रकट गर्दछौँ ।’विप्लवले बेपत्ता योद्धाहरूको सपना पूर्ण रूपले पूरा नभए पनि आज देश जहाँ छ अर्थात् जुन गणतन्त्रमा छ मुख्यतः शहिद र बेपत्ता योद्धाहरुकै बलिदानले गर्दा पुगेको बताएका छन् ।

‘यस्तै गणतन्त्र आएको चौध वर्ष बितिसक्दा पनि तिनै महान् योद्धाहरूको अवस्था अज्ञात छ । राज्य र नेताहरू कुनै कुम्भकर्ण निद्रामा परेजस्तो मस्त भएको उनको विप्लवको भनाई छ ।उनले ‘लोकतन्त्र’ र गणतन्त्रलाई सिरानी हालेर बसेका कुनै पनि संसद्वादी पार्टीहरूको कार्यसूचीमा बेपत्ता योद्धाहरू छैनन्

‘भन्ने सत्य उनीहरू बारम्बार सरकारमा पुग्ने र फर्किने चक्रमा कुनै निर्णय नगर्नुले स्पष्ट भएको बताउदै उनी हरूलाई केवल सरकार, कुर्सी, मन्त्री र कमिसनको मात्र मतलब भएको बताएका छन् ।

‘यस्तै विप्लवले नेपालमा दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्था व्यवहारमै पनि असफल एवम् औचित्यहीन भइ सकेको तर कसैले केपी सरकारलाई फाल्ने, कसैले नयाँ चुनाव गर्ने विषयलाई आफ्नो अन्तिम उद्देश्य बनाएर यसै बाट संकट मोचन हुन्छजसरी हल्ला गरिरहेको भन्दै न यो संकट काङ्ग्रेस, जसपा, माओवादी केन्द्रले भनेजस्तो

“केपीको कारणले मात्र पैदा भएको वा केपीले भनेजस्तो प्रचण्ड-माधवहरूका कारणले मात्र जन्मिएको नभई दला ल पुँजीवादी सत्ता एवम् संसदीय व्यवस्थाको जनविरोधी एवम् प्रतिक्रिया वादी अर्थराजनीतिक चरित्र र त्यसको असफल ताले पैदा भएको बताएका छन् ।यो सत्ता र व्यव स्था रहेसम्म जनता र देशले जे गरे पनि निकास नहुने र झन् ठूला विपत्तिहरू भोग्नुपर्ने अवस्था बन्ने पक्का भएकाले

‘यो सं’कटको समाधान नयाँ सरकारको गठन वा अर्को चुनावको आयोजना एकपटक पुँजीवाद, दलाल पुँजीवाद वा वैज्ञानिक समाजवाद के रोज्ने भनेर जनतालाई जन मत’संग्रह मार्फत आफ्नो मत राख्ने पाउने व्यवस्था गर्नुपर्ने विप्लवको भनाई छ ।

‘आफ्नो पार्टीले हालै सरकारसँग गरेको ३ बुँदे सहमति भित्र पनि उक्त कुरा उठाउन चाहेको तर सरकारले सहम तिअनुसार जेलका कमरेडहरू लाई छोड्न आनाकानी गरेर बहस र सहमतिको वातावरणलाई असहज बनाइरहेको उनले बताएका छन् ।

‘यस्तै उनले ३ बुँदेलाई इमानदारीसाथ लागू गर्नेमा सरकार को यथोचित ध्यान जाओस् भन्ने आग्रह पनि गरेका छन् ।बेपत्ता योद्धाजस्तो गरिमामय दिवसका अवसरमा हाम्रो पार्टी सबै देशभक्त, वामपन्थी, प्रगतिशील लोकतन्त्रवादी, कम्युनिस्ट शक्तिहरूलाई अपिल गर्न चाहन्छ -देशमा अग्र गामी, परिवर्तनकारी, क्रान्तिकारी शक्तिहरूले हातेमालो गर्ने,

‘मोर्चाबन्दी गर्ने एवम् देशलाई दीर्घकालिक निकास दिने अनुकूल अवसर तयार भएको बताएको छन्विप्लवले विज्ञ प्तिको अन्त्यमा भनेका छन्- ‘बिनापूर्वाग्रह, बिनासंकोच र शंका सबै एक बनौँ । देशलाई दलाल पुँजीवाद एवम् संस  दीय व्यवस्थाबाट वैज्ञानिक समाजवादमा रूपान्तरण गर्न अघि बढौँ ।

‘हाम्रो पार्टी त्यसका लागि जुनकुनै त्याग र बलिदान गर्न प्रतिबद्ध छ । हामी यो पार्टीका नेता–कार्यकर्ता प्रतिबद्ध छौँ । हाम्रा महान् बेपत्ता योद्धाहरूको वास्तविक सम्मान पनि यसैबाट हुनेछ । धन्यवाद !’

Facebook Comments Box