राजनीतिक

नेतृ झाँक्रीको प्रश्न : महामारीको बेला महाराज महारानीलाई चुनाव ?

‘नेकपा(एमाले)की नेतृ रामकुमारी झाँक्रीले मुलुक एउटा अँध्यारो युगमा प्रवेश गरेको बताएकी छिन्।समसामयिक विषयमा सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै नेतृ झाँक्रीले आफूहरुले अन्तिम समयसम्म संसदलाई जोगाउन चाहेको भए पनि खराब नियतका मान्छेहरुकोषड्यन्त्रसामु आफूहरुको केही नलागेको बताइन्।

‘उनले को’रोना महामारीको कारण जनताहरु छटपटि रहेको बेला त्यसको व्यवस्थापनमा नगर्नु र जनताले ज्यान गुमाउनुलाई सत्ताको अपराधी करण भएको बताउँदै अहि लेको आवश्यकता चुनाव नभएको बताइन्।उनले घुमाउरो पारामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई महाराज र राष्ट्र पति विद्यादेवी भण्डारालाई महारानीको संज्ञा दिँदै उनीहरु लाई नै चुनाव आवश्यक भए को समेत धारणा राखेकी छन्।

‘उनले राखेको धारणा जस्तातस्तै :
एउटा अँध्यारो युगको सुरूवात!

‘हामी अन्तिम समयसम्म संसद जोगाउन चाहान्थ्यौँ। खराब नियतिका मान्छेहरूको षड्यन्त्रको सामु केही लागेन।यस्तो डरलाग्दो महामारीमा जनता खोप, अस्प ताल, औषधि, वेड, अक्सिजन, ICU, Ventilator नपाएर छटपटाई छटपटाई दैनिक दुई सय भन्दा बढीले ज्यान गुमाउनु परेको छ।

‘यो सत्ताको अपराधिकरण हो। यस्तो बेला चाहिएको छ महाराज महारानीलाई चुनाव? जनताले हिसाबकिताब त पक्कै राख्नेछन्।

यो पनि,,षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि संसद्को चीरहरण भयो : नेपाल

‘काठमाडौँ — नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पुन: प्रतिगमन दोहोरिए को बताएका छन् । शनिबार बिहान ट्वीट गर्दै नेता नेपालले ‘षड्यन्त्रकारी हरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको’ बताएका हुन् ।

‘उनले संविधानको मर्ममाथि प्रहार गर्दै सर्व सत्तावाद लाद्ने उद्देश्यले कथित चुनाव को उदघोष गर्दै जालझेल गरिएको बताएका छन् । उनले लेखेका छन्, ‘यो व्यवस्था नै कू गर्ने अग्रसरता हो । शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ । यो प्रतिगमन भाग २ हो । केपी ओलीको यो कदमको भर्त्सना गर्दछु । यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु !’

‘सरकार निर्माणका सबै संवैधानिक ढोकाहरू बन्द भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन र चुनावको मिति राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए । राष्ट्रपति भण्डारीले मध्यराति प्रधानमन्त्री पदका लागि ओली र शेरबहादुर देउवाले गरेको दाबी नपुग्ने निर्णय गरेलगत्तै सरकार निर्माणका लागि संविधान  अन्तर्गतका सबै ढोकाहरू बन्द भएका थिए ।

‘त्यसपछि राति १२ बजे प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएर १२ बजेर ४५ मिनेटमा संविधानको धारा ७६ (७) बमोजिम प्रतिनिधिसभा विघटनको सिफारिस गर्दै दुई चरणमा चुनावको मिति तय गरेका हुन् ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार ‘मौजुदा सरकारलाई विश्वासको मत प्राप्त हुने दह्रो राज नीतिक आधार नदेखिएको’ जनाउँदै सरकार निर्माणका लागि राष्ट्रपतिलाई धारा ७६ (५) अन्तर्गतको प्रक्रिया अघि बढाउन अनुरोध गरे का थिए ।

‘त्यसै अनुरोधबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई सरकार गठनका लागि आह्वान पनि गरेकी थिइन् । कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, नेकपा एमाले माधव नेपाल समूहका २६,

‘जसपा उपेन्द्र यादव र बाबुराम भट्टराई समूहका १२ र जनमोर्चाका १ गरी १४९ जना सांसदको समर्थन आफूलाई भएको दाबी गरेका थिए । त्यस्तै ओलीले पनि एमालेका सबै १२१ र जसपाका ३२ सांसद गरी आफूलाई १५३ सांसदको समर्थन रहेको दाबी राष्ट्रपतिसमक्ष पेस गरेका थिए ।

Facebook Comments Box