सामाजिक

नेपाली सिने क्षेत्रमा चर्चित नायक दिलिप रायमाझी र रमित ढुङ्गाना को ने’तृत्वमा मोरङ पथरिमा रहेका भुटानी शरणार्थी सिबिरमा रा’हत बितरण”

मोरङ जिल्लाको  पथ्री–शनिश्चरेमा रहेको भुटानी शरणार्थी शिविरमा  नायकद्धय  दिलिप रायमाझी र रमित ढुंगानाको नेतृत्वमा राहत  वितरण  गरिएको छ ।इन्ट्रा–नेशनल वेलफे यर एन्ड सपोर्ट फाउन्डेशन  अफ अमेरिका’को अग्रसरतामा शरणार्थी शिविरमा राहत  वितरण गरिएको हो । नेपालबाट नै अमेरिका पुगेका भुटानी शरणार्थीहरुको टिमले

यो फाउन्डेशन  संचालन गर्दै आएको छ ।डिल्ली अधिकारी को नेतृत्वमा रहेको फाउन्डेशनले शिविरमा मास्क र सेनिटा इजर  वितरण  गरेको   हो ।   यसका  लागि फाउन्डेशनका नेपाल कार्यकारी निर्देशक दिलिप रायमाझी, फाउन्डेशनका प्रबन्ध   निर्देशक  रुद्र  बाँनिया  लगायतको  टिम गत साता शिविरमा पुगेको थियो ।

सोही  समयमा  खाद्यान्नको  अभाव  पनि  महुशश गरेपछि फाउन्डेशनको  टिम   राहत   लिएर   शिविरमा पुगेको हो ।फाउन्डेशनका   गुडविल   एम्वासेडर  नायक रमित ढुंगाना, दिलिप रायमाझी, रुद्र बाँनिया लगायतको टिमले

१७००  घर  धुरीलाई  खाद्यान्न  वितरण  गरेको हो । योसँगै फाउन्डेशनले  शिविरमा रहेका ८० बर्ष कटेका बृद्धबृद्धाला ई वृद्धभत्ता र शारीरिक रुपमा अशक्त रहेका व्यक्तिहरुलाई मासिक भत्ता प्रदान गर्ने निर्णय गरेको छ ।

नायक   रमित  ढुंगानाले   भुटानी  शरणार्थीहरु  नेपाली  नै भएको  र   उनीहरुलाई  नेपाली   नागरिकता   प्रदान   गर्न सम्बन्धित निकायमा आफूले आवाज उठाउने बताए ।श्रोत :अनलाइन खबर

Facebook Comments Box