काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको सेटिङका कारण संविधान र संसदमाथि प्रहार भएको बताएका छन् । दुवैकाे मिसन नै संसद र संविधानको हुर्मत लिनु रहेकाे उनकाे टिप्पणी छ ।
साथै उनले प्रधानमन्त्री र राष्ट्रपतिलाई ‘दे’श’घा’ती ’ र ‘अ’ध’र्मी’ जोडीको संज्ञा दिँदै यतिमै उनीहरु नरोकिने र थप तिकडमहरू गर्न सक्ने बताएका छन् ।मध्यरातमा संसद विघटन गरिएपछि त्यसको प्रतिक्रिया स्वरुप उनले ट्विटरमार्फत आफ्नो धारणा राखेका छन् । नेता थापाले भनेका छन्,
‘खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो,न संसद!विघटन पुनर्थापित संसदको अपमान विश्वा सको मतको नाटक ,७६(३) को सरकार गठन, विश्वास लिनुको सट्टा ७६(५) को आह्वान, अनुकुल नभएपछि फेरि विघटन !
कस्तो सेटिङ ! प्रकृया त देखाउन मात्र थियो, यिनको मिस न त संसद र संविधानको हुर्मत लिनु थियो, लिए !’थापाले ‘सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपति’ का कारण मुलुक अँध्यारो सुरुङमा गएकाे पनि बताएका छन् । ‘महामारीमा त यस्तो
अधर्म गर्न सक्ने देशघाती जोडी यही र यत्तिमै रोकिने वाला छैनन्,’ उनले भनेका छन्, ‘नेतागण ! नअलमलिउँ, खुट्टा नकमाऔं, सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं ।NEWS24NEPAL