ताजा समाचार दु:खद खबर

विद्यालयबाट घर फर्किंदै गरेका पाँच वर्षीय नीराजनलाई खोलाले बगायो

डडेल्धुरा, ७ असार -डडेल्धुराको परशुराम नगरपालिका–११ मा खोलाले बगाउँदा आज एक बालकको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् । पातल खोला तर्ने क्रममा परशु राम–११ स्थित पशुपतिनाथ प्राथमिक

विद्यालयमा कक्षा १ मा अध्ययनरत पाँच वर्षीय नीराजन बोहराको मृत्यु भएको विद्यालयका प्रधानाध्यापक हरिदत्त जोशीले जानकारी दिनुभयो । उनी विद्यालयबाट घर फर्किंदै थिए ।

खोला तर्ने क्रममा सोही विद्यालयमा कक्षा ८ मा अध्ययनरत गोपाल साउद तथा कक्षा ८ मै अध्ययनरत रेसम साउद घाइते भएका छन् । बोहरालाई पिठ्यूमा राखी खोला तार्ने क्रममा गोपाल घाइते भएको प्रधानाध्यापक जोशीले जानकारी दिनुभयो । घाइते दुवैको स्थानीयवासीले उद्धार गरेका थिए ।

यो पनि,,असम्भव केही छैन हाम्रो नेतृत्वमा ५ बर्ष सरकार भए नेपाल लाई बिकास गरेर न्युयोर्क बनाउछु : रामकुमारी झाँक्री रामकुमारी झाँक्रीले भन्छिन् नेपाल लाई बिकास गरेर न्युयोर्क बनाउछु ।शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले शक्तिको पछाडि विकास कुद्ने प्रवृत्तिले नेपाल पछि परेको टिप्पणी गरेकी छन् ।

उनले न्यायोचित वितरण र योजनाबद्ध विकासको कामलाई अगाडि बढाउन आवश्यक रहेको बताइन् ।नेकपा (एकीकृत समाजवादी) धुलिखेल नगर कमिटीले शनिबार आयोजना

गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री झाँक्रीले विना योजना र अनुसन्धान शक्तिशाली मान्छेले बोलेका भरमा विकास हुँदै

आएकाले सर्वसाधारणको जीवनस्तरमा फरकपना नदेखिएको बताइन् ।उनले अहिले पनि मान्छेले सुने जानेका आधारमा

लोकप्रियताका लागि स्मार्ट शहर भन्ने गरेको भन्दै समग्र देशको विकासको मोडालिटी शक्तिका पछाडि कुद्ने मात्रै भएको धारणा राखिन् ।

अबको दिनमा योजना आयोगमा प्रविष्ट भएका योजनामा मात्रै बजेट विनियोजन भयो भने समयमा नै योजना पूरा हुने र त्यसको लाभांश छिट्टै नागरिकले पाउने अवस्था सिर्जना हुने मन्त्री झाँक्रीले बताइन्

Facebook Comments Box