हाईलाइट

रवि लामिछानेको पार्टी दर्ता गर्न दिनु हुँदैन : सूर्य थापा

नेकपा एमाले पोलिटब्यूरो सदस्य सूर्य थापाले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्वाचन आयोगले दर्ता गर्न नहुने बताएका छन् ।चर्चित सञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र

पार्टी घोषणा गरी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि थापाले यस्तो टिप्पणी गरेका हुन् । उनले सामा जिक सञ्जाल फेसबुकमार्फत स्वतन्त्र पार्टी गठन गरिने

कानुन विपरीत भएको बताए ।‘कानुनत स्वतन्त्र उम्मेदवारी व्यक्तिको सार्वभौम अधिकार हो। व्यक्तिले दलमा लाग्दिनँ भनेर स्वतन्त्र रूपमा निर्वाचन लड्न र जित्न पाउनेगरी

कानुनले सुरक्षित गरेको अधिकार छिनेर स्वतन्त्र पार्टी गठन गरिनु कानुनविपरीत हो,’ उनले लेखेका छन् ।स्वतन्त्र उम्मेदवारीमा नै भ्रम र अन्योल उत्पन्न हुनेगरी कसैले पनि

पार्टी बनाउन खोज्छ भने निर्वाचन आयोगले दर्ता गर्न नहुने उनको भनाइ छ। अर्को थप समचार सञ्चारकर्मी रवि लामिछानेले नयाँ पार्टीको घोषणा गर्दै पत्र कारिताबाटराजनीतिमा प्रवेश गरेका छन् । लामिछानेले मंगल बार राजधानीमा आयोजित कार्यक्रममार्फत ‘राष्ट्रिय

स्वतन्त्र पार्टी’ गठनको घोषणा गरेका हुन् ।लामिछानेले आज राजनीति यात्राको पहिलो पाइला भएको जिकिर गरेका छन् । आफ्नो पार्टी पुराना पार्टीभन्दा फरक रहेको

दाबी समेत गरेका छन् ।लामिछानेले राजनीतिको हिलो सफा गर्न आफू हिलोमा डुबुल्की मार्न आएको बताए । उनले भने–‘राजनीतिमा कति हिलो–मैलो छ मलाई थाहा

छ यो राजनीतिको हिलो सफा गर्न म हिलोमा डुबु ल्की मार्नुपर्छ । मलाई हिलो लाग्छ तर तपाईंले म हिलोमै रहन्छु भन्ने नसोच्नुस् । हिलो सफा गरेर मात्र निस्कन्छु ।चर्चित सञ्चारकर्मी रवि लामिछानेले राजनीति को हिलो सफा गर्न आफू हिलोमा डुबुल्की मार्न आएको बताएका छन् । मंगल बार राष्ट्रिय सभा गृहमा आफू राजनीतिमा

आएको घोषणा सभा मा बोल्दै उनले राजनीति  को हिलो सफा गर्न आएको उल्लेख गरेका हुन् ।उनले भने–‘ राज नीतिमा कति हिलो–मैलो छ मलाई थाहा छ । यो राजनीति

को हिलो सफा गर्न म हिलोमा डुबुल्की मार्नुपर्छ । मलाई हिलो लाग्छ तर तपाईंले म हिलोमै रहन्छु भन्ने नसो च्नुस् । हिलो सफा गरेर मात्र निस्कन्छु ।’उनले भ्रष्टाचार मुद्दाका

फाइल टकटकाएर जानका लागि सहयोग गर्न आग्रह गरे । टेलिभिजनका पर्दाबाट राजनीतिक दलका नेताहरूलाई सप्रिनुस् भन्दा पनि नसप्रिएको बताउँदै आफै राजनीतिमा

आएको बताए । उनले आफूले जति मान्छे रोएको कसैले पनि नदेखेको बताए ।

उनले भने–‘मैले जति मान्छे रोएको कसैले देखेको छैन होला । मेरो कार्यालयमा हरेक दिन मान्छेहरू मलाई भेट्नुअघि मेरो २ मिनेट रुने गर्थे । मेरो कार्यालयको

अर्कोपट्टी बालुवाटारमा रा ज्यको जिम्मेवार व्यक्तिको कार्यालयमा मान्छे को भीड लाग्दै नथ्यो ।उनले अस्पताल जस्तो ठाउँमा पनि सोर्स फोर्स लगाउ नुपर्ने कस्तो मक्किए

को ठाउँमा संरचनामा छौँ भन्दै प्रश्न गरे ।उनले आफू चुनावमा जाने दिन देशको नक्सा देखाएर जाने बताए । उनले प्रश्न सोध्ने सजिलो काम छोडेर जवाफ दिने गाह्रो

काम गर्न आएको बताउँदै आफू व्यवस्था बदल्न आएको भन्दा पनि जनताको अवस्था परिवर्तन गर्न राजनीतिमा आएको बताए ।उनले हेलिकोप्टर चढेर कोही नेता जान्छ

भने विद्यार्थीका लागि पुस्तक र बिरामीका लागि हेलि कोप्टरबाट त्यसरी नै औषधी पुर्‍याउनुपर्ने बताए ।

Facebook Comments Box