ताजा समाचार

आरजु देउवा लाई बालेनको कडा जवाफ।

काठमाडौं बालेनजि,रूटिन अफ नेपाल बन्दलाई कतिमा हायर ’ गर्नुभयो? (भिडिओ)आरजु देउवा नेपाली कांग्रेस की केन्द्रीय सदस्य आरजु राणा देउवाले काठमाडौं महा

नगर पालिकाका मेयर बालेन शाहले रूटिन अफ नेपाल बन्दलाई पैसा तिरेर चुनावी प्रचार गरेको दाबी गरेकी छन्।बालेनले रूटिन अफ नेपाल बन्दलाई कन्सल्टेन्सीका रूप

मा प्रयोग गरेको आरजुको भनाइ छ।सोमबार पोखरामा नेपाल तरूण दलले गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी आरजुले स्वतन्त्रहरू

ले एउटा-एउटा गुण पहिचान गरेर जित्न सफल भएको बताइन्।अहिले जति पनि स्वतन्त्रले जितेका छन् नि, उनीहरू एउटा-एउटा गुण पहिचान गरी नेता बनेका हुन्,’

उनले भनिन्, ‘म ओपन्ली त भन्न चाहन्न, तर सोसल मिडिया रूटिङ अफ नेपाल बन्द बालेनले कतिमा ‘हायर’ गर्नुभयो?रवि लामिछानेलाई लक्षित गर्दै भनिन्- पत्रकारिता छोडेर राजनीतिमा आएका छन्, हुन त रमाइलै हुन्छ,,

आरजु देउवा लाई बालेनको, मुख भरिएको जवाफ : सामाजिक, सञ्जालमा खर्च शून्य”प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले सामाजिक सञ्जाल परिचालन गरेर

चुनाव जितेको आरोप लगाइरहँदा काठमाडौँ “महानगर    पालिकाका मेयर बालेन शाहले भने चुनावको समयमा सामाजिक सञ्जालमा एक रुपैयाँ पनि खर्च नभएको पनि

विवरण सार्वजनिक गरेका छन् ।”निर्वाचनमा कूल तीन लाख चौरानब्बे हजार चार सय उनान्नब्बे रुपैयाँ खर्च भएको विवरण पेस गरेका शाहले सामाजिक सञ्जाल

प्रचार शीर्षकमा शून्य खर्च भएको विवरण पेस गरेका हुन् । नेपाली काँग्रेसकी नेतृ राणाले शाहले सोसल मिडियाको प्रभावकारी परिचालन गरेर काठमाडौँ महानगरपालिकाको

मेयर बन्न सफल भएको टिप्पणी गरेकी थिइन् ।”“नेपाल तरुण दलले सोमबार पोखरामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेतृ देउवाले रुटिन अफ नेपाल बन्द

कन्सल्टेन्सी शाहले कतिमा हायर गर्नुभयो ? भनेर प्रश्न समेत गरिन् ।”ठूलो फ्लोअर भएको रुटिन अफ नेपाल बन्दलाई परिचालन गरेर स्वतन्त्रतर्फका उम्मेदवार शाह मेयर बन्न सफल भएको उनको भनाइ थियो ।

Facebook Comments Box