एक्सक्लुसिभ भिडियो ताजा समाचार

हामीले जिते पछि बालेन लाई गित गाउन अवसर दिन्छौ: सुनिता डंगोल( भि’डियो)

काठमाडौं ।काठमाडौं महानगरपालिकाको मतगणना प्रारम्भिक चरणमै भए पनि उपमेयर उम्मेदवार सुनिता डंगोललाई बधाईको ओइरो लाग्न थालिसकेको छ । प्रतिस्पर्धी उम्मेदवारसँग भीमकाय अन्तराल कायम हुँदा

उनको जित निश्चितप्रायः देखिन्छ एमालेबाट उम्मेदवार बनेकी सुनिताले सुरुदेखि गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले भन्दा चारगुणा बढी मत ल्याइरहेकी छन् । पूर्ण रुपमा एकतर्फी देखिएको

यो प्रतिस्पर्धामा खासै उत्सुकता बाँकी छैन सुनिता चाहिँ कत्तिको निर्धक्क छिन् ? उनैलाई सोधियो ।अझै बाँकी छ कति काउन्टिङ, तर अहिलेसम्म राम्रो भइरहेको छ । हेर्दै जाउँ’, सुनिताले जवाफ दिइन् ।जति भोट बढ्दै जान्छ,।।

त्यति जिम्मेवारी थपिएको महसुस हुँदै गएको उनको अनुभव छ । ‘मेरो लागि प्रत्येक भोटले जिम्मेवारी थपि रहेको छ, ममाथि गरिएको आशा र भरोसालाई खेर जान दिनु हुँदैन भन्ने भावना प्रगाढ बनिरहेको छ’, उनले भनिन् ।

सुनिताले सुरुमा काठमाडौंको मेयरमै उम्मेदवारी दिने सोच बनाएकी थिइन् । तर, एमालेले उपमेयर अफर गरेपछि उनले स्वीकारेकी हुन् । यो निर्णय उनका निम्ति निकै फाइदाजनक देखिएको छ । सुनिता आफैले नसोचेको

भोट ल्याइरहेकी छिन् ।उनलाई यति धेरै भोट किन ओइ रियो ?उनको आफ्नै विश्लेषण यस्तो छः‘यो जनताको माया र आशीर्वाद हो । एमालेजस्तो जनतामाझ स्थापित पार्टीको उम्मेदवार हुन पाउनु नै मेरो लागि सबैभन्दा ठूलो

कुरा थियो । यसका अतिरिक्त मैले विगतदेखि गर्दै आएको कामलाई समेत हेरेर मेरो क्षमतामाथि विश्वास गरेर भोट दिनुभएको जस्तो लाग्छ  यो माया र विश्वासप्रति म अत्यन्त अनुगृहीत छु । मलाई प्राप्त भएको प्रत्येक मतको जतन

गर्नेछु ।’यता, मेयरको प्रतिस्पर्धामा भने ठूला दलहरुलाई स्तब्ध तुल्याउँदै स्वतन्त्र उम्मेदवार बालेन साहले लिड गरिरहेका छन् । उनी पनि निकट प्रतिस्पर्धीभन्दा झण्डै दोब्बर अन्तरले अगाडि छन् । यसर्थ, काठमाडौं महानगर

वासीले बालेन र सुनितालाई मेयर र उपमेयरको कुर्सीमा देख्न थालिसके ।सुनिता भने अहिले त्यसरी अनुमान गरिहाल्नु हतार हुने बताउँछिन् ।मत गणना अहिले पनि सुरुवाती अवस्थामै छ र धेरै मतहरु गन्न बाँकी रहेकाले

परिणाम यस्तै होला भनेर ठोकुवा गर्न सकिन्न । अरु सबैलाई जस्तै मलाई पनि उत्सुकता बढिरहेको छ । तर, जे परिणाम आउँछ, त्यसलाई सबैले सकारात्मक रुपमा ग्रहण गर्नुपर्छ किनकि जनता नै अन्तिम निर्णयकर्ता हुनुहुन्छ’,

सुनिताले भनिन् ।चुनावी अभियानका क्रममा सुनिताले बालेन साहको विषयमा गरेको टिप्पणी अहिले सामाजिक सञ्जालमा निकै चर्चामा छ । उनले एउटा भाषणमा आफू ले चुनाव जितेपछि काठमाडौंमा एमफी थियटर बनाउने र

बालेनलाई गाउन निम्त्याउने बताएकी थिइन् । अब बालेन नै मेयर बन्ने सम्भावना बढेपछि सुनिता के भन्छिन् ?उनले आफ्नो अभिव्यक्तिको बचाउ गर्दै भनिन्, ‘मेरो भनाइलाई कसले कसरी बुझ्नु भयो, तर मैले त्यस्तो गलत त बोलेको

थिइनँ । र्‍याप भनेको नराम्रो कुरा होइन ।यो पनि संगीत को एउटा विधा हो । उहाँले यदि मेयर जित्नुभयो भने पनि र्‍याप गाउन छोड्नुपर्छ जस्तो लाग्दैन भोलि मेयरकै पदमा बसेर पनि एमफी थिएटरमा गाउन सक्नुहुन्छ । अरु देशमा

पनि हामीले विभिन्न उच्च ओहदामा रहनुभएका व्यक्ति हरुले आफ्नो विशेष कलाहरु स्टेजमा देखाउनुभएको पाउँछौं । त्यसैले यो नराम्रो हुँदै होइन ।’उनी थप्छिन्, ‘काठ माडौंमा युवाहरुलाई यस्तो प्लेटफर्म होस्, जहाँ उनीहरुले

आफ्नो विभिन्न प्रतिभा प्रष्फुटन गर्न सकून् भन्ने यो एउटा अवधारणा हो । त्यसैले एमफी थिएटरको कुरा गरेको थिएँ बालेनजीले जिते पनि नजिते पनि त्यहाँ पफर्म गर्न सक्नु हुन्छ । लिडरसिपमा भएको मान्छेले आफ्नो प्रतिभालाई

स्टेजमा प्रस्तुत गर्नु भनेको त राम्रो हो । यसले अरुलाई पनि प्रोत्साहन मिल्छ नि होइन र ? यो कुरालाई लिएर कसैले मन दुखाउनु पर्दैन जस्तो लाग्छ । यदि म उपमेयर भएँ पनि आफै पनि स्टेजमा पफर्म गर्नलाई धक मान्ने छैन

यदि बालेन मेयरमा निर्वाचित भएमा उनले यो नतिजालाई कसरी लिनेछिन् ?सुनिता भन्छिन्, ‘सबैभन्दा पहिले त कुनै पनि निर्णय आफैमा सकारात्मक वा नकारात्मक हुँदैन । त्यसलाई हामीले सकारात्मक बनाउने हो । यो चुनावको

रिजल्ट जे आए पनि मैले सही वा गलत भन्न मिल्दैन । यो रिजल्टलाई सही सावित गर्ने हाम्रै हातमा हुन्छ । हामीले टिमवर्क गरेर काठमाडौं बासिन्दाको हितमा काम गर्न प्रयास गर्ने हो ।’अन्तिममा सुनितालाई सोधियो, ‘बालेन

एउटा स्वतन्त्र उम्मेदवार, तर तपाईं एउटा पार्टीको प्रतिनिधि । तपाईंहरुको ट्युनिङ कत्तिको मिल्ला ?’उनले जवाफ दिइन्, ‘यो विषयमा चाहिँ अहिले नै बोल्नु अलि हतारो हुन्छ जस्तो लाग्छ । हामी सबैले समयलाई नै

प्रतीक्षा गर्नुपर्ला । तर, यति चाहिँ भन्छु कि जेसुकै रिजल्ट आए पनि काठमाडौं महानगरवासीले गर्नुभएको विश्वास लाई कदर गर्दै सामूहिक भावनाका साथ काम गर्न पनि म आफ्नो तर्फबाट हरसम्भव प्रयास गर्नेछु ।’सुनिताको एउटा गित

Facebook Comments Box