एक्सक्लुसिभ भिडियो ताजा समाचार

रामकुमारी झाँक्रीले भनिन् ‘बालेन साहले जनताको मन जितेको भन्न मिल्दैन’ (भिडिओ)

काठमाडौं-शहरी विकास मन्त्री तथा नेकपा एकीकृत समाजवा दीकी सचिव रामकुमारी झाँक्रीले बालेन साहले ल्याएको मतले जनताको मन जितेको भन्न नमिल्ने बताएकी छन् ।काठमाडौं महानगरबाट स्वतन्त्र उम्मेदवार बालेन साहले ल्याएको भोट लाई ‘नो भोट’ को रूपमा व्याख्या गरेकी उनले साहले जनताको मन जितेको भन्न नमिल्ने बताएकी हुन् ।

हाम्रो कानूनले चुनावमा यो वा त्यो दललाई भोट हाल्नैपर्ने बा ध्यता बनाएको छ । नो भोटको व्यवस्था छैन । बालेन साहले पाएको भोट नै नो भोट हो । तिमीहरूको दल र तिमीहरूको उम्मे दवारभन्दा बाहिर मत हाल्छु भनेको हो । नो भोटको अप्स न भएको भए यो परिणाम त्यता आउन सक्थ्यो ।’ उनले भनिन् । मतदानले दलहरूलाई सच्चिने मौका दिएको समेत उनले बताइन

नेकपा (एकीकृत समाज वादी) की नेतृ तथा सहरी विकास मन्त्री रामकु मारी झाँक्रीले काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेद्धवार बालेन शाहलाई आफ्नो पार्टीमा स्वागत गर्न तयार रहेको बताएकी छन् ।

उनले आफूले शाहलाई सफल भएको हेर्न चाहेको पनि बताई्न् ।उनले भनिन्–‘म उहाँलाई सक्सेस भएको हेर्न चाहन्छु, उहाँको उमेरमा हामीले निर्वाचन लड्ने मौका पाएनौं, हामी पार्टीको अर्थो डोक्स सिस्टमभित्र बसेकोले विद्रोह गर्न सकेनौं ।

उहाँले गर्नुभयो । बालेन शाहजीलाई मेरो पार्टीमा वेलकम गर्न चाहन्छु । तपाईँ सक्सेस हुनुहोस ।’

झाँक्रीले अहिलेको स्थानीय तहको निर्वाचनको परिणाम आफूहरुकोलागि अपेक्षित नै रहेको बताएकी छिन् । उनले आफूहरुको लागि विद्रोह बाध्यता रहेको सुनाईन् ।

आफ्नो पार्टीले अहिलेको स्थानीय तहको नि र्वाचनबाट प्राप्त गरेको परिणामबाट विचलन नभएको उनको भनाई छ । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले एमाले विशाल पार्टी नै भएको र अहिले एमालेलाई हराउन आफूहरु काफी नै भएको बताईन् । यसपटक आफूले पनि नेपाली कांग्रेस लाई मत हालेको उनले बताईन् ।

उनले आफूहरुको पुस्तामा लोकतान्त्रिक प्रक्रियामा हिँड्ने र एक अर्काको सह–अस्तित्व स्विकार गर्ने संस्कृति रहेको सुनाईन् । उनले आफू अहिलेपनि गठबन्धनकै पक्षमा रहेको स्पष्ट पारिन् ।

उनले यो गठबन्धन आजको जबरजस्त आवश्यकत्ताले बनेको दाबी गरिन् ।

Facebook Comments Box