ताजा समाचार दु:खद खबर

हावाहुरीले रुख ढलाउँदा च्यापिएर ३ जनाको मृ,त्यु

भरतपुरमा दुई छुट्टाछुट्टै स्थानमा हावाहुरी रुख ढलाउँदा च्या पिएर तीन जनाको मृ,त्यु भएको छ। शुक्रबार साँझ चलेको हावाहुरीले रुख ढलाउँदा भरतपुर ११ र १ मा च्यापिएर तीन जनाको मृत्यु भएको हो।

भरतपुर महानगरपालिकाको वडा नम्बर ११ को भोजाडमा रुख ढलेर अटो च्यापिँदा २ जनाको घटनास्थलमा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नवराज अधि कारीमा अनुसार भरतपुर १ मा रुख ढलेर म्याजिक च्यापिँदा एक जनाको मृत्यु भएको जानकारी दिए।

उनका अनुसार मृतकहरुको सताखत हुन बाँकी छ।गुडिरहेको बसमाथि रुख ढल्यो, पाँच यात्रु घाइतेकैलालीको लम्किचुहा गाउँपालिका–८ गप्कामा गुडिरहेकोे बसमाथि रुढ ढलेको छ। घटनामा परी पाँच यात्रु घाइते भएका छन्।

से १ ख १८०६ नम्बरको सुदूरपश्चिम यातायात बसमा हावाहुरीले ढलाएको रुख बज्रेको हो। दुर्घटनामा बस क्षतिग्रस्त भएको छ।

घाइते यात्रुको उपचार स्थानीय लालरत्न अस्पतालमा भइरहेको कैलालीका प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौरले बताए।

Facebook Comments Box