ताजा समाचार

भरतपुर र काठमाडौंको ताजा अपडेट यस्तो छ।

जेठ ६, काठमाडौं : काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) को अग्रता कायमै रहेको छ र ।नि”कटतम प्रतिद्व”न्द्वी नेकपा

एमालेका केशव स्थापितभन्दा १४५२१ मतान्तरले बालेन अगाडि रहेका छन् । पछिल्लो प्राप्त मत परिणामअनुसार बालेनले ३०८५८ मत ल्याउदा स्थापितले १६३३७ मत

पाएका छन् उनीहरु दुवैलाई गठबन्धनकी साझा उम्मेदवार सिर्जना श्रेष्ठले १५९६०मत साथ पछ्याइरहेकी छन् राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्टले १७९०, स्वतन्त्र उम्मे

दवार सुमन सायमीले १२३५, विवेकशील साझा पार्टीकी समीक्षा बास्कोटाले २०४ मत पाएकी छन् ।थप समचार, भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी

केन्द्र)की उम्मेदवार रेणु दाहालले अग्रता बढाउँदै लगेकी छन् । रेणुले नेकपा (एमाले)का विजय सुवेदीलाई ३७५७ मतान्तरले पछि पारेकी छन् ।ताजा मत परिणाम अनुसार

गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहालले २४ हजार १०७ मत प्राप्त गरेकी छन् । त्यस्तै नेकपा (एमाले) का विजय सुवेदीले २० हजार ३५० मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८ हजार ७१५ मत प्राप्त गरेका छन् । त्यस्तै उपमेयरतर्फ नेपाली काँग्रेसका चित्रसेन अधिकारीले २६ हजार २७१ मतका साथ अग्रता

कायम राखेका छन् । राप्रपाकी हिमला गुरुङले १५ हजार ५५७ मत प्राप्त गरेकी छन् । यो समचार बनाउदा सम्मको अपडेट थियो बाकी अपडेटको लागि हामी सँगैेे रहनुहोस्

Facebook Comments Box