ताजा समाचार

काठमाडौंको मत गणना ताजा अपडेेट।

काठमाडौं महानगरको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले ३०,८५८ मत प्राप्त गरेका छन् ।पछिल्लो मत परिणाम अनुसार उनले अग्रतालाई कायम गर्दै एमालेका

उम्मेदवार केशव स्थापितभन्दा १४,५२१ मतको मतान्तर बनाएका हुन् एमालेका केशवले १६ हजार ३३७ मत प्राप्त गरेका छन् । यस्तै काँग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले १५

हजार ९६० मत पाएकी छन् ।हालसम्म ८१ हजार हारा हारीमा मतगणना भइसकेको छ । अन्य थप अपडेट जेठ ६, काठमाडौं : काठमाडौं महानगरपालिकाको प्रमुख

(मेयर) पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) को अग्रता कायमै रहेको छ ।निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितभन्दा १४५२१ मतान्तरले बालेन

अगाडि रहेका छन् । पछिल्लो प्राप्त मत परिणामअनुसार बालेनले ३०८५८ मत ल्याउदा स्थापितले १६३३७ मत पाएका छन् ।उनीहरु दुवैलाई गठबन्धनकी साझा उम्मे

दवार सिर्जना श्रेष्ठले १५९६० मत साथ पछ्याइरहेकी छन्  राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्टले १७९०, स्वतन्त्र उम्मेदवार सुमन सायमीले १२३५, विवेकशील साझा पार्टी

की समीक्षा बास्कोटाले २०४ मत पाएकी छन् ।थप समचार, भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार रेणु दाहालले अग्रता

बढाउँदै लगेकी छन् । रेणुले नेकपा (एमाले)का विजय सुवेदीलाई ३७५७ मतान्तरले पछि पारेकी छन् ।ताजा मत परिणाम अनुसार गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी

रेनु दाहालले २४ हजार १०७ मत प्राप्त गरेकी छन् । त्यस्तै नेकपा (एमाले)का विजय सुवेदीले २० हजार ३५० मत पाएका छन् ।स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८ हजार

७१५ मत प्राप्त गरेका छन् । त्यस्तै उपमेयरतर्फ नेपाली काँग्रेसका चित्रसेन अधिकारीले २६ हजार २७१ मतका साथ अग्रता कायम राखेका छन् । राप्रपाकी हिमला गुरुङ ले १५ हजार ५५७ मत प्राप्त गरेकी छन् ।

Facebook Comments Box