राजनीतिक

हस्ताक्षर दु’रुपयोग भएको भन्दै जयकुमारको पत्र” राष्ट्रपतिलाई

काठमाडौं  : विपक्षी  गठबन्धनले  प्र’मुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री  प्रस्ताव गर्न आफ्नो हस्ताक्ष र दु’रुपयोग भएको  भन्दै एमाले सांसद जयकुमार राईले  राष्ट्रपतिला  ई  पत्र  लेखेका  छन् । शुक्रबार दिउँसो विपक्षी गठबन्धनले बुझाएको १४९ सदस्यको  हस्ताक्षरमा आफ्नो नाम र

हस्ताक्षर रहेको  भन्दै सुनसरी क्षेत्र नम्बर १ का एमाले प्रति निधिसभा  सदस्य राईले  राष्ट्रपति  विद्यादेवी   भण्डारीलाई ध्यानाकर्षण   गराएका   हुन् । ‘म   एमाले   प्रतिनिधिसभा सदस्य हुँ’, राईले  पत्रमा लेखेका छन्, ‘मैले मेरो पार्टी ध्यक्ष को विरुद्धमा  विपक्षी  पार्टी  नेतालाई  प्रधानमन्त्री बनाउने गरी   कुनै  हस्ताक्षर नगरेको व्यहोरा जानकारी गराउँदछु । राईसहित एमालेका  अन्य केही सांसदले हस्ताक्षर दु’रुपयो ग भएको भन्दै आपत्ति जनाएका छन् ।

यो पनि ….विपक्षी  गठबन्धनले बहुमत सांसदको हस्ताक्षर सहित कांग्रेस  सभापति शेरबहादु र देउवालाई प्रधानमन्त्री को  रुपमा  दाबी  गर्दै  शीतल निवासमा पत्र बुझाएको छ।
विपक्षी गठबन्धनको तर्फबाट पत्र बुझाउन पुगेका एक नेता ले राष्ट्रप ति विद्यादेवी  भण्डारीले हेरेर निर्णय गर्ने बताएकी छन् । ‘राष्ट्रपतिले हेरेर निर्णय गर्छु भन्नु भएको छ’ती नेताले भने ।

दिउँसो  सिंहदरबारमा बसेको विपक्षी गठबन्धनको बैठकले १४९ सांसद को हस्ताक्षरसहित प्रधानमन्त्रीका लागि देउवा को नाममा  पत्र  बुझाएर  विपक्षी गठबन्धन शीतल निवास बाट  ५ बजे  अघि  नै बाहिरिएको हो। विपक्षी गठबन्धनमा सत्तारुढ  नेकपा (एमाले)  माधवकुमार  नेपाल  र झलनाथ खनाल  समूहका २७  सांसदले  हस्ताक्षर गरेका छन्। पार्टी अध्यक्ष   एव म् प्रधानमन्त्री  ओलीलाई  सत्ताबाट   हटाउन विपक्षी  गठबन्धनलाई  नेपाल- खनाल समूहले विपक्षी गठ बन्धनलाई साथ दिएको हो।

राष्ट्रपति  भण्डारीले  संविधानको  धा रा ७६  (५)  अनुसार प्रधानमन्त्रीमा   नियुक्त  गर्न  संसदको   बहुमत  प्राप्त  गर्ने आधार प्रस्तुत गर्न शुक्रबार साँझ ५ बजेसम्मको समय दिए की थिइन्।विपक्षी गठबन्धनले भन्दा अगाडि नै प्रधानमन्त्री ओली ले बहुमत  सांसदसहितको  हस्ताक्षर  बुझाएर  पुनः प्रधानमन्त्रीमा  दाबी गरेर विपक्षी गठबन्धनभन्दा अगाडि नै फर्किएका थिए ।श्रोत
:अन्नपूर्ण

Facebook Comments Box