राजनीतिक

राष्ट्रपति कार्यालय अगाडि नेविसंघको प्रदर्शन

‘७ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक कदम चालेको भन्दै राष्ट्रपति कार्यालय अगाडि नेपाल विद्यार्थी संघले शुक्रबार प्रदर्शन गरेको      छ ।प्रधानमन्त्रीले विश्वासको मत नलिई वा पदबाट

‘राजीनामा नदिई सरकार गठनका लागि गरेको सिफा रिसको आधारमा राष्ट्रपतिले दलहरुलाई २१ घण्टाको मात्र समय दिनु असंवैधानिक भएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।प्रदर्शनको क्रममा प्रहरीले हस्तक्षेप गरेको नेविसंघका महामन्त्री दीपक भट्टराईले जानकारी दिए ।

‘प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै नेविसंघका नरेश विष्ट र श्याम ओझालाई नियन्त्रणमा लिएको भट्टराईले बताए ।

‘प’क्राउ परेका आफ्ना दुई जना विद्यार्थी नेतालाई तत्काल रिहा गर्न उनले आग्रह गरे । पक्राउ परेका विद्यार्थी नेता लाई तत्काल रिहा नगरे असहज परिस्थितिमा पनि नेविसंघ आन्दोलित हुने उनले चेतावनी दिए ।

‘नेविसंघका अध्यक्ष राजिव ढुंगानाले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै लोकतन्त्र र संविधानको रक्षार्थ निर्णायक संघर्ष गर्न आह्वान गरेका छन्

Facebook Comments Box