राजनीतिक

१५३ सांसदको समर्थन आफूलाई रहेको पत्रसहित प्रधानमन्त्रीमा ओलीको दाबी

‘नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले १५३ जना सांसदको आफूलाई समर्थन रहेको जानकारी सहित राष्ट्रपतिसमक्ष प्रधान मन्त्रीका लागि दाबी पेस गरेका छन् ।शुक्रबार दिउँसो विपक्षी गठबन्धनका नेताहरु पुग्नु भन्दा केहीबेर पहिला शीतल निवास पुगेका ओलीले एमालेका १२१ र

‘जनता समाजवादी पार्टीका ३२ सांसदको समर्थन रहेको भन्दै प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन्। प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराईले दुई दलको समर्थन आफूलाई रहेको जानकारीसहित प्रधानमन्त्रीमा ओलीले दाबी पेस गरेको बताए।

यो पनि,,देउवालाई प्रधानमन्त्री बनाउन योगेश पनि असहमत, गरेनन् हस्ताक्षर

‘काठमाडौं । राष्ट्रपतिले नयाँ सरकार बनाउन आह्वान गरेको समयभित्रै विपक्षी दल बहुमत सदस्यको दावीसहित शीतल निवास प्रस्थान गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्दै १४९ सांसदको हस्ताक्षर राष्ट्रपतिलाई बुझाउन लागिएको नेताहरूले बताएका छन् ।

‘विपक्षी गठबन्धनको पक्षमा हस्ताक्षर गर्नेहरुमा एमालेको माधव नेपाल पक्षका सांसद पनि छन् । नेपाल पक्षका २७ सांसदको हस्ताक्षर रहेको बताइएको छ।’नेपाल पक्षका सुरेन्द्र पाण्डे, जय कुमार राई लगायतले आफूहरुको हस्ता क्षर नगरेको भनिएकोमा योगेश भट्टराईले पनि देउवा लाई प्रधानमन्त्री बनाउनका लागि हस्ताक्षर गर्न असहमत भए का छन्। भट्टराई निकट स्रोतले उनले हस्ताक्षर नगरेको नेपाल प्रेसलाई जानकारी दियो।

यो पनि,,माधव पक्षका धराने सांसद राई भन्छन्- मैले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको छैन

‘इटहरी । सुनसरी क्षेत्र नम्बर १ का माधव नेपाल पक्षीय प्रतिनिधिसभा सदस्य जयकुमार राईले आफूले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको बताए ।

‘आफू एमाले विभाजनमा कुनै पनि हस्ताक्षरमा सहभागी नभएको राईले नेपाल प्रेसलाई बताए । उनले भने, ‘म एमाले एकताको पक्षमा छु। एमालेका लाखौं नेताकार्य कर्ताको भावनालाई सम्मान गर्दै म पार्टी विभाजनको पक्षमा कतै हस्ताक्षर गरेर सहभागी भएको छैन । हुन्न ।’

आफूले सदन विघटन अगाडि पुसमा सदन बोलाउने नाम मा मात्रै हस्ताक्षर गरेको बताउदै राईले भने, ‘सदन बोलाउ  ने कुरामा गरेको हस्ताक्षर देउवा प्रधानमन्त्री बनाउन भनेर प्रयोग भएको हो भने त्यो दुरुपयोग हो । मेरो त्यसमा कुनै समर्थन हुँदैन।’

Facebook Comments Box