मनोरंजन

प्रतिमा र प्रवीणको नयाँ गीत ‘माया लाइसक्यो’ सार्वजनिक

काठमाडौं ।  गायिका  प्रतिमा  केसीको  गीत ‘माया लाइस क्यो’ सार्वजनिक भएको छ । गीतमा केसीलाई गत वर्षका नेपाल आइडल  फस्ट  रनर अप  प्रवीण  वेडवाल गायनमा साथ दिएका छन् । किसन सुवेदीको  शब्द, सिएल शर्माको संगीत रहेको गीतमा कुशल सिंहको कोरियोग्राफी रहेको छ गीतको भिडियो छायाँंकन,

निर्देशन र  सम्पादन  वीरेन्द्र धामीले गरेका हुन् ।युवा पुस्ता को  माया  प्रेमका  विषय  समेटिएको   गीतको भिडियोमा गायक गायिका स्टुडियोमा देखिएका छन् । लामो समयको मेहनत  र  साधनाले  गीत  ल्याएको   यसबाट  आफु निकै उत्साही र आशावादी रहेको गायिका केसीले बताइन्।

यो पनि …शेरबहादुर  देउवालाई  प्रधानमन्त्री बनाउन दाबी गर्दै  १४९  जना  सांसदको  पत्र  राष्ट्रपति कार्यालयमा दर्ता भएको छ । एमाले नेता माधव कुमार नेपाल समेतका नेता हरुले राष्ट्रपतिलाई  भेटेर  बहुमत  हस्ताक्षर सहितको दाबी दर्ता गराएका हुन् ।

राष्ट्रपतिले  संविधान  र  कानून  हेरेर  विज्ञहरुसित सल्लाह गरेपछि  निर्णय  लिने  बताएको  शीतलनिवास पुगेका एक नेताले   रातोपाटीलाई   जानकारी   दिए ।  ओलीको दाबी कमजोरप्रधानमन्त्री   केपी  शर्मा  ओलीले  पनि  आफूसँग एमालेका १२१  सहित १५३ सांसदको साथ रहेको बताउँदै प्रधानमन्त्रीमा पुनः दाबी गरेका छन् ।

तर, प्रधानमन्त्री  ओलीको  पक्षमा  रहेका भनिएका जसपा का नेताहरुले  भने  राष्ट्रपतिले आह्वान गरेको ढाँचामा एक मुष्ट हस्ताक्षर  नगरी  पार्टीको लेटरप्याडमा  पत्रमात्र शीतल निवासमा   दर्ता  गरेको   शीतलनिवास   स्रोतले   बतायो ।प्रक्रियाको  हिसाबले  धारा  ७६ (५)  को  सरकार गठनका देउवाको  दाबी  बलियो  देखिएको  कानूनका जानकारहरु बताउँछन् ।

Facebook Comments Box