१४९ जना सांसदको हस्ताक्षर बोकेर सरकारको दाबी गर्न शीतलनिवास पुगेका विपक्षी गठबन्धनका नेताहरु राष्ट्रपति लाई भेट्ने समय कुरेर बसिरहेका छन् । राष्ट्रपति कार्यालय मा पुगिसके पनि राष्ट्रपतिसँग भेट हुन बाँकी रहेको र प्रति क्षा गरिरहेको एक नेताले जानकारी दिए ।
विपक्षी काँग्रेस, माओवादी, जसपा र माधव नेपाल समूह का १४९ सांसदहरुको हस्ताक्षर सहित शेरबहादुर देउवा लाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न नेताहरु शीतलनिवास पुगे का हुन् । संविधानको धारा ७६(५) अनुसारको सरकार गठनमा दलगत नभएर व्यक्तिगत मतका आधारमा सरकार बनाउन मिल्ने भएकाले माधव नेपाल पक्षका सांसदहरुले पनि वैकल्पिक सरकारका लागि हस्ताक्षर गरेका हुन् ।
यो पनि! एमालेका १२१ जना सांसद आफूसँग रहेको दावीसहित सोबारे जानकारी गराउन प्रधानमन्त्री केपी शर्मा ओली शीतलनिवास पुगेका छन् । उनी करिब ४० मिनेट शीतल निवासमा पुगेर बालुवाटार फर्किएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र जसपा नेपालका नेताहरुले गएराति नै आफ्नो पक्षमा बहुमत सांसद रहेको दावीसहित हस्ताक्षर राष्ट्रपति समक्ष प्रस्तुत गरिसकेका थिए ।
विपक्षी दलका नेताहरु १४९ सांसदको हस्ताक्षर आफ्नो पक्षमा रहेको दावीसहित शीतल निवास पुगेकै बेला ओली पनि पुगेका हुन् । अब राष्ट्रपतिले कसलाई मान्यता दिने छिन् भन्नेमा सर्वत्र चासो छ । रातोपाटीबाट