एक्सक्लुसिभ भिडियो ताजा समाचार

नेपाल आयल निगमलाई ज्ञानेन्द्र शाहीको ज्ञापनपत्र (भिडिओ)

काठमाडौँ — नेपाल आयल निगमलाई ज्ञानेन्द्र शाहीले ज्ञाप नपत्र बुझाएका छन् । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोधमा सोम बार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले नेपाल आयल निगमलाई ज्ञापन पत्र बुझाएको हो ।

निगमको कार्यालय टेकुमा पुगेर प्रवक्ता शाहीले ज्ञापनपत्र बुझाएको हो । मूल्य वृद्धिको कारण जनता मारमा परेको भन्दै सरकारको ध्यानाक र्षण गराएका छन् ।

उनले पेट्रोलियम पदार्थमा बढाइएको मूल्य वृद्धिको बारेमा सरकारसंग स्पष्ट कारण तथा जवाफ माग गरेका छन् ।

यो पनि,,मार्सी चामल नामले चिनेका दुर्गा प्रसाईंलाई यूएईका अधिराजकुमारले दिए सुनको लौरो उपहार  तीनदिने नेपाल भ्रमणमा रहेका संयुक्त अरब इमिरेट्स (यूएई) का अधिराज कुमार जुमा अल मोक्तुमले नेकपा एमालेका केन्द्रीय सदस्य एवम् व्यवसायी दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार दिएका छन् ।

श्री एरलाइन्सको चार्टर विमानमार्फत झापास्थित चन्द्रगढी विमानस्थलमा ओर्लेका अधिराजकुमारले आफूलाई स्वागत   गर्न पुगेका प्रसाईंलाई सुनको लाैरो हस्तान्तरण गरेका हुन् ।

अधिराजकुमारे झापामा दुईदिन बस्ने कार्यतालिका रहेको छ । झापा बसाइका क्रममा अधिराजकुमार मोक्तुमले बीएण्डसी तथा

पूर्वाञ्चल क्यान्सर अस्पतालको अवलोकनसँगै पेट सिटी स्क्यान मेसिनको उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ ।व्यवसायी प्रसाईंको विशेष निमन्त्रणामा अधिराजकुमार नेपाल आएका हुन् ।

उनले झापासँगै काठमाडौं र पोखराको पनि भ्रमण गर्ने कार्यतालिका रहेको बीएण्डसी अस्पतालले जनाएको छ ।

Facebook Comments Box