एक्सक्लुसिभ भिडियो ताजा समाचार

बालेन शाहलाई झाँक्रीको आग्रहः‘आउनुस् ! सँगै यात्रा गरौं( भिडियो सहित)’

काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले काठमाडौं महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ९बालेन०लाई आफ्नो पार्टी नेकपा एकीकृत

समाजवादीमा आउन आउन आग्रह गरेकी छन् ।राजनीति मा रहिरहने हो भने बालेनलाई पनि पार्टी चाहिने बताउँदै उनले भनिन्, ‘म त भन्छु चुनाव जितिसकेपछि समाजवादी

पार्टीमा सँगै यात्रा गरौं । आउनुभयो भने एकदम स्वागत गर्न चाहान्छु र सफल भएको पनि हेर्न चाहान्छु ।’प्राइम टिभीमा ऋषि धमलाको कार्यक्रमममा झाँक्रीले बालेनको

मत उनको एजेण्डा र लोकप्रियताभन्दा पनि दल र उनको प्रतिनिधिभन्दा बरु बालेनलाई हाल्छु भन्ने ‘नो भोट’ हो भनिन् । ‘नो भोट’को अप्सन भएको भए यो नतिजा त्यता

आउनेसक्ने उनको विश्लेषण छ । यद्यपि आफूले बालेन शाहलाई नजरअन्दान नगरेको झाँक्रीको भनाई छ ।उनले काठमाडौंको नजिता दलहरुलाई यो सच्चिने मौका भएको

बताइन् । बेलैमा जनताले संकेत दिएको बताउँदै झाँक्रीले नसच्चिए आसन्न निर्वाचनमा दलहरुलाई ठूलो नोक्सान हुने संकेत गरिन् । उनले भनिन्, ‘म मेरो दलको सचिव ।

अब मैले सोच्नुपर्यो कि त्यो जनमतलाई कसरी ख्याल गर्ने रु मेरो दललाई कसरी रुपान्तरित गर्छु रु एजेण्डा कसरी सेट गर्छु र’काठमाडौं महानगरपालिकाको नतिजा देश

भरीका लागि सकारात्मक सन्देश भएको बताइन् । दलहरु को अकर्मन्यता र जे निर्णय गरे पनि भइहाल्छ भन्ने प्रवृत्ति, एक पटक भोटे हालेपछि मानिसले जिन्दगरीभरी त्यहीं

हालिरहन्छ भन्ने घमण्ड र मतदातालाई कमजोर आँक्ने प्रवृत्तिका लागि बालेनको नतिजा चुनौति भएको बताइन् ।अहिले थपिएका १८ लाख मतदाताले हामीले चाहेको

ठाउँमा मत हालिहाल्छन् भन्ने दलहरुलाई मतदाता स्वतन्त्र छन् भन्ने सन्देश पनि हो भन्दै झाँक्रीले देशभरी स्वतन्त्र उम्मेदवारहरु को पक्षमा पनि देखिएको लहर राम्रो भएको

बताइन् ।पार्टीको अर्थोडक्स सिस्टमभित्र रहेकाले आफू हरुले बिद्रोह गर्न नसकेको तर बालेनले आँट गरेको उनको भनाई छ । उनले नेताहरुको निर्देशन मानेर बस्दा बस्दा

समय खेर फाल्नुपरेको गुनासो गरिन् साथै उनले मन्त्रालय मा विकासको काम गर्न खोज्दा दलको मेयरसँग निकै कठिन हुने गरेको बताउँदै स्वतन्त्र मेयर आउँदा काम गर्न सहज हुने आशा व्यक्त गरिन् ।

Facebook Comments Box