ताजा समाचार

भरतपुर चितवनको ताजा अपडेट।

भरतपुर महानगरी मेयर पदकी उम्मेदवार रेनु दाहालले पुन अग्रता बढाएकी छन् । पछिल्लो मत परिणाम अनुसार रेनु ले आफ्नो निकटतम प्रतिद्वन्द्वी विजय सुवेदीसँग ३,३१८

को मतान्तर बनाएकी हुन् ।उनले हालसम्म १८,४८० मत पाएकी छन् । त्यस्तैगरी एमालेका उम्मेदवार विजय सुवेदी ले १५,१६२ मत पाएकी छन् ।त्यस्तैगरी स्वतन्त्र उम्मेदवार

जगन्नाथ पौडेलले ७,३५४ मत पाएका छन् । उता उपमेयर तर्फ काँग्रेसका चित्रसेन अधिकारीले अगाडि छन् । उनले हालसम्म २१,०५९ मत पाएकी छन् ।त्यस्तै उनका निकट

तम प्रतिद्वन्द्वी राप्रपाकी हिमला गुरुङले १२,०१२ मत पाएकी छन् । अहिलेसम्म भरतपुरमा ४९,०१४ मतगणना भइसकेको छ । थप समचार स्थानीय तहको निर्वाचनमा

सत्ता गठबन्धन दलको तालमेलबाट अप्ठेरोमा परेको प्रमुख प्रतिपक्षी एमालेले संघीय प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचन आफ्नो पक्षमा पार्न पार्टी रण

नीति बदल्ने भएको छ। अहिले स्थानीय निर्वाचनमा सत्ता गठबन्धन दलबीच भएको तालमेलबाट सबैभन्दा बढी नेपाली काँग्रेस र माओवादी केन्द्रलाई फाइदा पुगेको छ।

यसैकारण स्थानीय तहमा अप्ठेरोमा परेको एमाले प्रति निधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आफ्नो पक्षमा पार्न बेलैदेखि रणनीति बदल्ने तयारीमा लागेको हो।

स्थानीय तह निर्वाचन हुनुभन्दा पाँच दिनअघि वैशाख २५ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रलाई लक्षित गर्दै भनेका थिए, ‘जसले दूधभात बढी दिन्छ उसै

तिर हुन्छ ऊ, अर्कोपटक हामीले दूधभात दिन्छौं ।’ चुनावी दौडधुपमा रहेका ओलीले वर्तमान सत्ता गठबन्धन भत्कन सक्ने र त्यसका लागि दूधभातको आवश्यकता रहेको पनि

संकेत गरेका थिए।२०७४ सालमा भएको संघीय प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो।त्यसबेला एमालेले माओ

वादीलाई बढी सिट दिएको थियो। बढी सिट पाएपछि माओवादी केन्द्र तत्कालीन सत्ता साझेदार कांग्रेसलाई छाडेर एमालेसँग गठबन्धन गर्न आएको थियो। याे खबर आजको नागरिक दैनिकमा छ ।

Facebook Comments Box