राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार (जेठ ७ गते) बेलुकी ५ बजेसम्म संविधानको धारा ७६ उपधारा ५ बमोजिम नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न आह्वान गरेकी छिन् ।आज बसेको मन्त्रीपरिषदको बैठकले प्रधानमन्त्रीले विश्वा सको मत नलिने र बैकल्पिक सरकारका लागि बाटो खुला गर्ने नि’र्णय गरेसँगै सरकारको सिफारिसमा राष्टपतिले बैकल्पिक सरकार गठनका लागि आह्वान गरेकी हुन् ।
यो पनि ! नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टी भित्रको परिस्थितिमा कुनै बद्लाव नआएको स्पष्ट पारेकी छिन् । बिहीबार सामाजिक सञ्जालमार्फत माधव नेपाल पक्ष एमाले सांसद झाँक्रीले पार्टीमा उस्तै अहंकार उस्तै रहेको र अन्यायको विरुद्ध विद्रोह निश्चित रहेको उल्लेख गरेकी छिन् ।
उनले पार्टीमा एउटा सानो ठाउँका लागि समेत संघर्ष गरिर हेको बताउँदै नवनिर्वाचित राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटालाई बधाई समेत दिएकी छिन् । झाँक्रीले लेखेकी छिन् – ‘संसद सदस्यबाट नै राजीनामा गर्न तयार हामीहरू लाई राष्ट्रियसभामा कसलाई भोट हाल्ने ? यो प्रश्न
हाम्रो लागि मामुली प्रश्न हो । तर अहिले पार्टीभित्रै एउटा स्पेसका लागि संघर्षरत अवस्थामा छौं । पार्टी भित्रको परिस्थितिमा कुनै बदलाव आएको छैन। अहंकार उस्तै छ। अन्यायको विरुद्ध विद्रोह निश्चित छ । डा.देवकोटालाई बधाई ।’
यो पनि! राष्ट्रपतिले वैकल्पिक सरकार गठनका लागि आह्वान गरेपछि नेपाली काँग्रेसले भोलि बिहान आकस्मिक बैठक बोलाइएको छ। काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शुक्रबार विहान पार्टी पदाधिकारी, पूर्वपदाधिकारी र संसदीय दलका पदाधिकारीलाई बैठक का लागि बोलाइएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।श्रोत:रातोपाटि