राजनीतिक

बादललाई ह’राउँदै राष्ट्रियसभा” सदस्यमा देवकोटा नि’र्वाचित

६ जेठ, काठमाडौं ।  निवर्तमान गृहमन्त्री एवं नेकपा एमाले का  उम्मेदवार  रामबहादुर  थापा बादललाई हराउँदै राष्ट्रिय सभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । उनले ५०८८ मतभार पाए ।देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता  समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।

यो पनि!’  आचारसंहिता  उल्लंघनमा   मुख्यमन्त्री पोखरेल लाई  कारवाही  ग र्न माग : ६  जेठ , बुटवल ।  राष्ट्रियसभा उपनिर्वाचनमा आचारसंहिता  उल्लंघन गरेको भन्दै नेपाली कांग्रेसले  लुम्बिनी प्रदेशका  मुख्यमन्त्री शंकर पोखरेललाई कारवाही गर्न माग गरिएको छ ।

मुख्यमन्त्री पोखरेलले  निर्वाचनको मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लंघन गर्दै एमालेका उम्मेदवार रामबहादुर थापा बादलको पक्षमा मत मागेकाले उनलाई कारवाही गर्न माग गरिएको हो ।मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जा ल फेसबुकमा  स्टाटस लेख्दै थापालाई मतदान गर्न अपील गरेका थिए ।

नेपाली  कांग्रेस , लुम्बिनी प्रदेश सभा संसदीय दलका नेता वीरेन्द्रकुमार  कनौडियाको  सचिवालय ले निर्वाचन आयोग लाई   इमेलमार्फत  पत्र  पठाउंदै  मुख्यमन्त्रीमाथि   आचार संहिता उल्लंघ न गरेको  कसुरमा कारवाही गर्न माग गरेका हुन् । ‘आचारसंहिता  विपरीत  मुख्यमन्त्रीले नै अमूक उम्मे दवारलाई विजयी

बनाउन  मतदाताहरुलाई  अपील  गरेर  निर्वाचनमा प्रभाव पार्नु  स्वच्छ , निष्पक्ष  र  मर्यादित  निर्वाचनको आधारभूत सिद्धान्त विपरीत रहेको छ’ पत्रमा भनिएको छ, यसकारण निर्वाचन आचारसंहिता  २०७२ को दफा ५ घ (३) र (५) र दफा (६) वमोजिम मुख्यमन्त्रीलाई कारवाही गरिनुपर्छ ।’श्रोत:अनलाइन खबर

Facebook Comments Box