राजनीतिक

७ मन्त्रीको नि’युक्ति बदरपछि यस्तो आयो एमालेको प्र’ति’क्रिया

नेकपा एमालेले  अदालतको आदेशको पार्टीले सम्मान गर्ने प्रारम्भिक   प्रतिक्रिया   दिएको   छ । स’र्वोच्च   अदालतले संघीय  सांसद  रहेका ७ मन्त्रीको नियुक्ति बदर गरिदिएसँगै एमालेका  प्रवक्ता  प्रदीप ज्ञवालीले अदालतको आदेश सर कारले   सम्मान   गर्ने   बताएका  हुन् । अदालतको निर्णय कार्यन्वयन गर्नु सरकारको कर्तव्य रहने

बताउँदै  थप  कुरा  आदेशको पूर्णपाठ हेरेपछि भन्न सकिने बताए ।  बालुवाटारमा  बसेको  पार्टी स्थायी समिति बैठक पछि    संवाददातासँग  उनले  भने,  ‘हामीले  पूर्णपाठ  हेर्न पाएका  छैनौं । अदालतको  निर्णयप्रति हाम्रो कतिपय तर्क र  फरक  राय   हुनसक्छन् ।   तर,  अदालतको फैसलाको कार्यान्वयन गर्नु हाम्रो कर्तव्य हो ।’

अदालतको  आदेशका   बारेमा आफूहरुको एउटै खालको प्रतिक्रिया रहने  र त्यो  भनेको  ‘सम्मान  गर्ने’ नै हुने उनको भनाइ  थियो । सर्वोच्च अदालतले सात जना मन्त्रीको नियु क्तिविरुद्ध परेको रिटमा  नियुक्ती बदर गर्न अन्तरिम आदेश दिएको छ । सांसद नभएका व्यक्तिलाई मन्त्री

बनाइनु  प्रथम  दृष्टिमै असंवैधानिक भएको सर्वोच्च अदाल तले  बताएको  छ ।  नेकपा  विवादमा  गत फागुन २३ को फैसलापछि  माओवादीमा नफर्की एमालेमा बसेका र सांस द पद  खारेज  भएका  उनीहरुलाई  प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो मन्त्रिपरिषद्मा नियुक्ति गरेका थिए ।

बिहीबार  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले गृहमन्त्री रामबहादुर थापा बदलसहित पूर्व संघी य संसदको  सदस्य  नरहेका  सात  मन्त्री संविधानको धारा ७८ अनुसार एक पटकलाई बढीमा ६ महिनामात्र मन्त्री हुन सक्ने भन्दै पुनः  नियुक्तिलाई  अन्तरिम आदेशमार्फत बदर गरेको हो ।श्रोत:रातोपाटि

Facebook Comments Box