जनकपुरधाम । नयाँ भेरियन्टसहितको कोरोना संक्रमणका कारण मृ’त्यु हुनेको संख्या निरन्तर बढ्दो छ । को’रोना भाइरस संक्रमण नियन्त्रण का लागि अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञामा आफ्नै घरभित्र बस्न, भिडभाड नगर्न र सतर्कता अपनाउन भनिएको छ ।
धनु्षाको विदेह नगरपालिकामा भ ने स्थानीय सरकारकै अगुवाइमा निषेधाज्ञालाई मजाक बनाउने दृश्य देखिएको छ । बुधबार साँझ मेयर बेचन दास सय जनाभन्दा बढीला ई लिएर वडा नम्ब र ६ मा पुगे । मेयरको साथमा गएका मध्ये अधिकांशले मास्क समेत लगाएका थिएनन् ।मेयरको ने’तृत्वमा गएका व्यक्ति को’रोना महामारीका बेला कुनै संक्रमितका लागि
औषधि बोकेर अथवा आइसोलेसन तयार गर्न गएका रहेन छन् । मेयरसहित उनका साथमा गएका प्रायः हरेकका हातमा लाठी थियो । लाठीसहित गएका टोलीले वडा नम्बर ६ का एक जनाको निर्माणाधीन घर तोडफोड गरेका छन् ।मेयर नेतृत्वको समूहले सार्वजनिक जग्गा हडपेको भन्दै सुफल मण्डलले बनाउन सुरु गरेको घर भत्काएका छन् । मेयरको नेतृत्वमा आएका व्यक्तिले मण्डलको घर एकैछिनमा भत्काइदिए ।
‘म खेतति र गएको थिएँ । घरमा आमा, श्रीमती र भाइ थिए,’ मण्डलले भने, त्यही समयमा मेयरको नेतृत्वमा आए का व्यक्तिले घ रमा रहेका व्यक्तिलाई हातपात गर्दै बनाउन सुरु गरिएको घर भत्काएका छन् ।’उनका अनुसार मेयरको साथमा आएको जत्थाले आमा र श्रीमतीलाई हातपात गर्दै बलजफ्ती निर्माण हुँदै गरेको घर भत्काएका हुन् ।
‘धेरै होइन डे ढ सय जना थियौं’ मेयर दासले सार्वजनिक जग्गा हडपेर मण्डलले घर निर्माण गरेकाले भत्काइएको स्वीकारे । मण्डलले खरीद गरेको जग्गामा डिहबार थानको सार्वजनिक जग्गा पनि मिसाएकाले त्यो बराबरको घर तोडिएको उनको दाबी छ ।यो डिहबार थानक लागि मैले आफ्नै डेढ कठ्ठा जग्गा दिएको छु । तर, मण्डलले यहींको जग्गा अतिक्रमण गरेर घर बनाएपछि भत्काएका हौं उनले भने ।
अतिक्रमण गरिए को सार्वजनिक जग्गा छाडेर घर निर्माण गर्न पटक –पटक नगरपालिकाबाट पत्राचार गरेको, अमिन लाई खटाएपनि नमानेकाले बाध्य भएर भत्काइएको उनले बताए । ‘घरको छत ढलान भइसकेपछि भत्काउन समस्या हुन्थ्यो, त्यहीं भएर अहिले नै भत्काएका हौं’ उनले भने ।
अनि, को’रोना संक्रमण तीव्र रुपमा बढेर निषेधाज्ञा लगाइ एका बेला यत्रो भिड गर्नुपर्ने जरुरी के थियो ? भन्ने प्रश्नमा मेयर दासले भने, ‘हामी धेरै थिएनौं । डेढ सय जना जति थियौं ।’यसमध्ये चारजनाले मात्रै घर भत्काएको उनले बता ए । मेयरले चारजनाले भत्काएको बताएपनि त्यहाँ उपस्थित अधिकांशले
मण्डलको घर भत्काएको दृश्य क्यामेरामा कैद भएको छ ।कसै ले सार्वजनिक जग्गा अतिक्रमण गरे कानूनी उपचार हुँदाहुँदै मेयर आफ्नै नेतृत्वमा को’रानाकालमा भिड जम्मा गरे र घर भत्काएको घ’टनाला ई स्थानीयले आलोचना गरे का छन् ।श्रोत:अनलाइनखबर