ताजा समाचार

मेयर जस्तो जिम्मेवारि “पदमा रहेर महामारीमा मजाक : स्थानीयको भिड जम्मा गरेर मेयरले भत्काए घर;

जनकपुरधाम । नयाँ भेरियन्टसहितको कोरोना संक्रमणका कारण  मृ’त्यु  हुनेको  संख्या  निरन्तर बढ्दो छ । को’रो’ना भाइरस संक्रमण  नियन्त्रण  का लागि अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञामा  आफ्नै घरभित्र बस्न, भिडभाड नगर्न र सतर्कता अपनाउन भनिएको छ ।

धनु्षाको  विदेह  नगरपालिकामा  भने  स्थानीय सरकारकै अगुवाइमा  निषेधाज्ञालाई मजाक  बनाउने  दृश्य देखिएको छ । बुधबार  साँझ मेयर बेचन दास सय जनाभन्दा बढीला ई लिएर  वडा  नम्ब र ६  मा  पुगे । मेयरको साथमा गएका मध्ये अधिकांशले मास्क समेत लगाएका थिएनन् ।मेयरको नेतृत्वमा  गएका  व्यक्ति  को’रो’ना  महामारीका बेला  कुनै संक्रमितका लागि                    औषधि बोकेर  अथवा आइसोलेसन तयार गर्न गएका रहेन छन्  । मेयरसहित  उनका  साथमा  गएका  प्रायः  हरेकका हातमा  लाठी थियो । लाठीसहित गएका टोलीले वडा नम्ब र ६ का एक जनाको निर्माणाधीन घर तोडफोड गरेका छन् मेयर  नेतृत्वको  समूहले  सार्वजनिक जग्गा  हडपेको भन्दै सुफल  मण्डलले  बनाउन सुरु गरेको घर भत्काएका छन् । मेयरको नेतृत्वमा  आएका व्यक्तिले मण्डलको घर एकैछिन मा भत्काइदिए ।

‘म  खेततिर  गएको  थिएँ  । घरमा  आमा,  श्रीमती र भाइ थिए ,’ मण्डलले  भने,  त्यही  समयमा   मेयरको  नेतृत्वमा आएका व्यक्तिले घरमा रहेका व्यक्तिलाई हातपात गर्दै बना उन सुरु  गरिएको  घर  भत्काएका  छन् । ’उनका अनुसार मेयरको  साथमा   आएको  जत्थाले  आमा  र  श्रीमतीलाई हातपात  गर्दै  बलजफ्ती निर्माण हुँदै गरेको घर भत्काएका हुन् ।

‘धेरै होइन  डेढ सय  ज ना थियौं ’ मेयर दासले सार्वजनिक जग्गा  हडपे र मण्डलले  घर  निर्माण गरेकाले भत्काइएको स्वीकारे । मण्डलले खरीद गरेको जग्गामा डिहबार थानको सार्वजनिक  जग्गा  पनि  मिसाएकाले  त्यो  बराबरको  घर तोडिएको उनको दाबी छ । ‘यो डिहबार थानका लागि मैले आफ्नै डेढ कठ्ठा  जग्गा  दिएको छु । तर, मण्डलले यहींको जग्गा अतिक्रमण गरेर घर बनाएपछि भत्काएका हौं  उनले भने ।

अतिक्रमण  गरिएको  सार्वजनिक जग्गा छाडेर घर निर्माण गर्न पटक –पटक नगरपालिकाबाट पत्राचार गरेको, अमिन लाई खटाएपनि नमानेका ले बाध्य भएर भत्काइएको उनले बताए । ‘घरको छत ढलान भइसकेपछि भत्काउन समस्या हुन्थ्यो, त्यहीं  भएर अहिले नै भत्काएका हौं’ उनले भने ।

अनि को’रोना संक्रमण तीव्र रुपमा बढेर निषेधाज्ञा लगाइए का बेला यत्रो भिड  गर्नुपर्ने  जरुरी  के थियो ? भन्ने प्रश्नमा मेयर दासले भने , ‘हामी धेरै  थिएनौं  । डेढ सय जना जति थियौं  ।’यसमध्ये  चारजनाले  मात्रै   घर  भत्काएको उनले बताए । मेयरले  चारजनाले   भत्काएको  बताएपनि  त्यहाँ उपस्थित अधिकांशले

मण्डलको घर भत्काएको दृश्य क्यामेरामा कैद भएको छ ।कसै ले  सार्वजनिक  जग्गा अतिक्रमण गरे कानूनी उपचार हुँदाहुँदै मेयर  आफ्नै ने’तृत्वमा को’रानाकालमा भिड जम्मा गरेर   घर  भत्काएको घ’ट’नालाई    स्थानीयले  आलोचना गरेका छन् ।श्रोत:अनलाइनखबर

Facebook Comments Box