राजनीतिक

म’ध्याह्न’सम्म ३०१ मत खस्यो, ४४ जनाले म’त’दा’न गर्न बाँकी

हेटौंडा । बागमती प्रदेशमा राष्ट्रियसभा सदस्य पदका लागि भएको उपनिर्वाचन अन्तर्गत धमाधम मतदान भइरहेको छ ।हेटौंडाको  भुटनदेवी  माविमा  भएको  मतदानमा मध्याह्न सम्म ३०१ मत  खसेको  निर्वाचन कार्यालयले जनाएको छ ।तीनवटा मतकेन्द्रमध्ये  प्रदेशसभा सांसदका लागि छुट्याइ एको ‘क’ मा ८८ जनाले,

स्थानीय तहका जनप्रतिनिधिका लागि छुट्याइएको ‘ख’ मा १८९ जनाले र कोभिड संक्रमित मतदाताका लागि छुट्याइ एको ‘ग’ मतकेन्द्रमा  २४ जनाले मतदान गरेका हुन् ।३४७ मतदातामध्ये  विवेकशील  साझाका  तीन  जनाले मतदान नगर्ने  भएका  छन् ।  योसँगै  अब  ४३ जनाले मतदान गर्न बाँकी छ  ।मतदानका  लागि  दिउँसो  ३ बजेसम्मको समय निर्धारण गरिएको छ ।

यो पनि!  बागमती  प्रदेश  राष्ट्रियसभा सदस्य पदको उपनि र्वाचनको  मतदान  जारी  छ  । राष्ट्रियसभाको  रिक्त   एक सदस्य पदको  लागि  प्रदेशको राजधानी हेटौंडास्थित भुटन देवी  माध्यमिक  विद्यालयको  भवनमा  बिहान  ९ बजेबाट मतदान  जारी  रहेको  हो ।  निर्वाचनमा  ३ जना उम्मेदवार चुनावी  मैदानमा  रहेका  छन् । सत्तारुढ दल नेकपा एमाले का तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल,

प्रतिपक्ष  गठबन्धनका तर्फबाट स्वतन्त्र उम्मेदवार बागमती प्रदेश नीति  तथा  योजना आयोगका पूर्व अध्यक्ष डा. खिम लाल देवकोटा र नेमकीपाका तर्फबाट कृष्णबहादुर तामाङ उम्मेदवार  बनेका  छन् । गृहमन्त्री  बादलसहित  तीनै जना उम्मेदवारले  हेटौंडामा रहेर आफ्नो चुनावी अभियान जारी राखेका छन् ।

निर्वाचनका लागि बागमती प्रदेशका १ सय १९ वटा स्थानी य तहका  अध्यक्ष,  उपाध्यक्ष  र विवेकशील साझा पार्टीका सांसद बाहेक बागमती प्रदेशसभाका १ सय ६ जना सदस्य हरु मतदानका लागि  हेटौंडा  आउने क्रम जारी रहेको छ ।मतदानका  लागि  राष्ट्रियसभा  सदस्य  पदको उपनिर्वाचन अधिकृतको कार्यालय र बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाले को’रोना संक्रमणको  जोखिमलाई  मध्येनजर गर्दै स्वास्थ्य  मापदण्ड अपनाएर मतदान प्रक्रिया जारी राखेको छ ।

मतदानका   लागि  विद्यालयको  गेट  नम्बर २ बाट मतदान स्थलको प्राङ्गणमा  प्रवेश गराइ मतदान स्थल बाहिर मतदा तालाई होल्डिङ गर्ने र लाइन मार्फत विद्यालयको गेट नम्बर ४ मा  मेडिकल  डाक्टरसहितको  हेल्थ  डेस्कको  स्थापना गरिएको  छ ।उक्त  गेटमा  ज्वरो नाप्ने, सेनिटाइजर, मास्क, प्रयोग गर्ने लगाउने,

मतदाता  नामावली  चेकजाँच  गर्ने  काम  गरेर  मतदानका लागि प्रवेश  गराउने  व्यवस्था गरीएको छ ।पिसिआर नगरे का मतदाताहरूले  परिक्षण गर्न चाहेमा मतदान स्थलमा नै एन्टिजेन प्रविधिबाट को’रो’ना  परिक्षण गने व्यवस्था गरिए को छ ।निर्वाचन कार्यालयले ३ वडा मतदान केन्द्रमा मतदा न गर्ने व्यवस्था गरिएको छ ।

स्थानीय  तहका  प्र’तिनिधि    र प्रदेशसभाका प्रतिनिधिका लागि  छुट्टै  मतदान  केन्द्रमा मत दिने व्यवस्था मिलाइएको छ भने संक्रमित  मतदाताहरुको लागि विषेश मतदान केन्द्र को  व्यवस्था  गरिएको  छ । प्रदेशसभा   सदस्यका   लागि विद्यालयको  दक्षिणतर्फबाट  २  मिटरको  दूरी  कायम गर्ने गरी लाइनमा  पूर्वतर्फ  रहेको  मतदान केन्द्रमा मतदान गर्न पठाइन्छ  र पूर्वतर्फको गेट नम्बर ५ बाट बाहिरिने व्यवस्था रहेको छ ।

स्थानिय  तहका   प्रतिनिधिहरुको  लागि  भने विद्यालयको पूर्वतर्फबाट  लाइनमा  प्रवेश  गराई  उत्तरमा रहेको मतदान केन्द्रमा  पठाइन्छ  र  मतदान  सम्पन्न  भए पश्चात फर्काएर पूर्वतर्फको  गेटबाट  बाहिरिने  व्यवस्था रहेको छ ।संक्रमित हरुका लागि  भने  विद्यालयको १ नम्बर गेटबाट प्रवेश गरा एर पूर्वमा  रहेको मतदान केन्द्रमा मतदान गर्ने र सोही मार्ग बाट बाहिरिने व्यवस्था  गरिएको छ । हेटौडामा हल्का वर्षा भइरहेको छ। वर्षाका बीच मतदान जारी छ । श्रोत:रातोपाटि

Facebook Comments Box