वासिङटन डिसी : अमेरिकी राष्ट्रपति जो बाइडेन डेलावेयरस्थित आफ्नो बिच हाउस नजिकै साइकलबाट लडेका छन्। शनिबार केप हेन्लोपेन स्टेट पार्क नजिकै साइकलबाट ओर्लन खोज्दा उनी उनी लडेका हुन्।
बाइडेनले आफूलाई कुनै चोट नलागेको बताएका छन् । घटना लगत्तै अमेरिकी गुप्तचर सेवाका एजेन्टहरूले राष्ट्रपतिलाई उठ्न मद्दत गरेका थिए। त्यसको लगत्तै बाइडेनले भने, ‘म ठीक छु।
मेरो खुट्टामा मात्रै अड्किएको हो। मलाई कुनै चोटपटक लागेको छैन।’ बाइडेन श्रीमतीसँग साइक्लिङ गर्दै थिए
७९ वर्षीय राष्ट्रपति बाइडेन र उनकी पत्नी जिल बाइडेन बिहान साइक्लिङमा निस्किएका थिए । उनीहरु आफ्ना शुभचिन्तक लाई भेट्न अघि
जाँदै थिए। हेलमेट लगाएका उनी साइकलबाट ओर्लन खोज्दा लडे। दायाँतिर लडेपछि, बाइडेन तुरुन्तै उठे।
यो पनि,,मार्सी चामल नामले चिनेका दुर्गा प्रसाईंलाई यूएईका अधिराजकुमारले दिए सुनको लौरो उपहार
तीनदिने नेपाल भ्रमणमा रहेका संयुक्त अरब इमिरेट्स (यूएई) का अधिराजकुमार जुमा अल मोक्तुमले नेकपा,, एमालेका केन्द्रीय सदस्य एवम् व्यवसायी दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार दिएका छन् ।
श्री एरलाइन्सको चार्टर विमानमार्फत झापास्थित चन्द्रगढी विमानस्थलमा ओर्लेका अधिराजकुमारले आफूलाई स्वागत गर्न पुगेका प्रसाईंलाई सुनको लाैरो हस्तान्तरण गरेका हुन् ।
अधिराजकुमारे झापामा दुईदिन बस्ने कार्यतालिका रहेको छ । झापा बसाइका क्रममा अधिराजकुमार मोक्तुमले बीएण्डसी तथा
पूर्वाञ्चल क्यान्सर अस्पतालको अवलोकनसँगै पेट सिटी स्क्यान मेसिनको उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ ।व्यवसायी प्रसाईंको विशेष निमन्त्रणामा अधिराजकुमार नेपाल आएका हुन् ।
उनले झापासँगै काठमाडौं र पोखराको पनि भ्रमण गर्ने कार्यतालिका रहेको बीएण्डसी अस्पतालले जनाएको छ ।