ताजा समाचार राजनीतिक

सिंहदरबारभित्र कर्मचारीको मृत्यु, अचानक यस्तो भयो

५ जेठ, काठमाडौं । हावाहुरीले सिंहदरबारभित्र रुखकाे हाँगा भाच्चिई खसेर लाग्दा सिंहदरबा रमा एक कर्मचारीकाे मृ,त्यु भएकाे छ।

मृत्यु हुनेमा पाल्पा रम्बा गाउँपालिका-५ घर भएका २७ वर्षीय विजय कार्की रहेका छन्। उनी राष्ट्रिय अनुसन्धान विभागमा सूचककाे रूपमा कार्यरत थिए।

हावाहुरीका कारण विभागकाे कम्पाउन्डमा रहेकाे रुखकाे हाँगा भाँचिएर उनकाे टाउकाेमा लाग्दा गम्भीर घाइते भएका थिए।

रुखकाे हाँगा खसेर गम्भीरघाइते भएका कार्कीकाे नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएकाे हाे।

कार्कीकाे शव पाेस्टमार्टमका लागि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा राखिएकाे छ।

यो पनि,,कमल थापाले सिध्याएको राप्रपालाई राजेन्द्र लिङ्दे नले ब्यूँताए काठमाडौं – यसपटक स्थानीय तहको निर्वाचन मा राप्रपा जबर्जस्त ढंगले अगाडि आएको छ ।कमल थापा अध्यक्ष हुँदा अघिल्लो निर्वाचनमा राप्रपाले बाँके उपमहानगरपालिका, झापाको हल्दीबार गाउँपालिका र धादिङको एक

गाउँपालिका जित हात पारेको थियो ।देशभर जित्ने वडाध्य क्षाको संख्या निकै कम थियो । तर राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन आएपछि राप्रपाले काठमाडौंकै शंखरापुर नगरपालिका जितेको छ ।

६० भन्दा वडाध्यक्ष जितेको छ । त्यो पनि प्यानलसहित । मकवानपुरमै हेटौंडा उपमहानगरपालिकाको मेयरमा दीपक सिंह दोस्रो पोजिसनमा छन् ।

झापाको दमक नगरपालिकामा राप्रपाका राम थापाले जित्ने सम्भावना बाँकी नै छ । यसपटक राजेन्द्र लिङ्देनले राप्रपामा युवालाई जुन मौका दिए त्यसले पनि राप्रपाको संगठन बलियो बनेको देखिएको छ ।

यदि कमल थापाले राप्रपाका धेरै नेता कार्यकर्ता नलगेका भए राप्रपाले ठूला पार्टीलाई राम्रै चुनौती दिने देखिएको छ । किन भने राप्रपाले देशभर एक्लै चुनावमा उत्रिएको छ ।

स्थानीय निर्वाचनमा राप्रपाले पाएको जुन सदभाव र माया छ यसले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा राप्रपाले चार–पाँचवटा प्रत्यक्ष सांसद र समानुपातिक सांसद १५ जना जति जित्ने अनुमान गरिएको छ । जसले राप्रपा बलियो शक्ति का रूपमा उदाउने संकेत देखिएको छ ।

Facebook Comments Box