ताजा समाचार दु:खद खबर

ललितपुरको ग्वार्कोमा नाम नखुलेका ब्यक्तीको मृत्यु

काठमाडौं, जेठ ४ – ललितपुरको ग्वार्कोमा मोटरसाइक,,लले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु भएको छ।मंगलबार बेलुकी सवा ९ बजे मोटरसाइकलको ठक्करबाट एक जना पैद लयात्रीको मृ,त्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक शिद्धीवि क्रम शाहले जानकारी दिए।

उनका अनुसार बाग्मती प्रदेश ०२-०२३ प ०४९१ नम्बरको मोटरसाइकल कोटेश्वरबाट ग्वार्को गइरहेको थियो। उक्त मोटर साइकलले ग्वार्को नजिकै रहेको नमस्ते पेट्रोल पम्प अगाडि पैदल यात्रीलाई ठक्कर दिएको हो।

घाइते पैदलयात्रीलाई उपचारको लागि बिएन्डबी अस्पताल लगिएको थियो। उनको उपचारको क्रममा बुधबार मृत्यु भएको प्रहरी उपरीक्षक शाहले जानकारी दिए। मृतकको सनाखत हुन सकेको छैन।

प्रहरीले ललितपुर महानगरपालिका-२५ नख्खु डोल बस्ने ४२ वर्षीय देबबहादुर थापालाई नियन्त्रणमा लिएको परिसरले ज नाएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

यो पनि,,ब्रेकिङ न्युज चितवन भरतपुरको ताजा अप्डेट

भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले १०९ मतको अग्रता लिएकी छन् । १८ हजार ६८३ मत गणना गरिसक्दा गठबन्धनबाट मेयरको उम्मे दवार बनेकी रेनु दाहालले ६ हजार २४९ मत पाएकी छन् ।

नेकपा एमालेका विजय सुवेदीले ६ हजार १४० मत पाएका छन् ।स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ३८ मत प्राप्त गरेका छन् । उप मेयरतर्फ नेपाली काँग्रेसका चित्रसेन अधिका रीले ७ हजार ६११ मत पाएर अग्रता कायम राखेका छन् ।

राप्रपाकी हिमला गुरुङले ५ हजार ३२ मत प्राप्त गरेकी छन् । अहिले भरतपुर महानगरको वडा नम्बर ५ को मतगणना जारी छ ।

यो पनि,,भरतपुरमा बिजय सुबेदिको अग्रता कायम नै रह्यो! भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रबाट मेयर पदकी उम्मेदवार रेनु दाहाल अर्का उम्मेदवार एमाले विजय सुवेदी भन्दा ६८ मतले पछि परेकी छन् । महानगरपालिकामा १३७६५ मत गणना सम्पन्न हुँदा उनले ४६२० मत पाएकी छन् भने सुवेदीले ४६८८ मत पाएका छन् ।

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २०७४ मत पाएका छन् । यसैगरी उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले ५४८ २ मत पाउँदा राप्रपाकी हिमला गुरुङले ३७२५ मत पाएकी छन् ।

यो पनि,,भरतपुरमा रेनु दाहालभन्दा विजय सुवेदीको अग्रता भरतपुर महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा भइरहेको छ । महानगर प्रमुखको ११ हजार २०७ मत गणना हुँदा नेकपा एमालेका विजय सुवेदीले ३ हजार ८९९ मत पाएका छन् ।

सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले भने ३ हजार ८५६ मत पाएकी छन् । महानगर प्रमुखमै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार ५४८ मत पाएका छन् ।

उपप्रमुखमा भने नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ४ हजार ४३१ मत हासिल गर्दै अग्रतालाई फराकिलो बनाएका छन् ।

उपप्रमुखमा राप्रपाकी हिमला गुरुङले ३ हजार ४१ मत पाएकी छन् । गुरुङलाई एमालेले समेत समर्थन गरेको थियो ।

यो पनि,,चुनावी परिणामले देशभर राप्रपाको शक्ति बढेको देखायो काठमाडौं, ३१ वैशाख । देशभरको प्रारम्भिक चुनावी परिणामले राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थितिमा व्यापक सुधार आएको देखिएको छ । राप्रपाले केही पालिकाहरुमा अग्रता लिएको छ । केहीमा उसले मुख्य दललाई कडा चुनौती दिइर हेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापाको दमक नगरपालिकामा राप्रपा दोस्रो स्थानमा छ । बुटवल उपमहानग रपालिकामा पनि राप्रपा दोस्रो स्थानमा छ ।

रुपन्देहीको एउटा पालिकामा राप्रपा अग्रता लिन सफल छ । काठमाडौंको शंखरापुरा नगरपालिकामा राप्रपाले सुरुवाती अग्रता लिएको छ ।

काठमाडौं उपत्यकाका पालिकाहरु, प्रदेश १, तराई र पश्चिम नेपालका पालिकाहरुमा पनि राप्रपाको मत सुधारिएको देखिएको छ ।

राजेन्द्र लिङ्देन अध्यक्ष बनेपछि राप्रपाको शक्ति बढेको आँकलन गरिएको थियो । चुनावी परिणामले राप्रपा बलियो बनेको देखाएको छ ।-

Facebook Comments Box