ताजा समाचार

म गठबन्धनले धोका दियो भन्ने पक्षमा छैनः रामकुमारी झाँक्री

काठमाडौं, ५ जेठ । सहरी विकास मन्त्री एवं नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले आफ्नो पार्टीलाई गठबन्धनले धोका दिएको भन्ने निष्कर्ष

मा नपुगेको बताएकी छन् ।नेपाली रेडियो नेटवर्क (एन आरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ झाँक्रीले भनिन्, “यो

स्थानीय तहको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) लाई धक्का लाग्नु स्वाभाविक हो । पार्टी निकाला भएपछि हामीले क्रान्तिकारी पार्टी निर्माण गरेको सात महिनामात्र

भएको छ । देशभरि संगठन बन्नै बाँकी थियो । लोकप्रिय भइसकेको थिएन । अहिले चुनावी गठबन्धन पनि थोरै ठाउँमा भएको थियो । कतिपय ठाउँमा हाम्रा उम्मेदवार

एक्लै पनि लडेका थिए । कतिपय वडामा रुख, हसिया हथौडा, छाता चिह्न लिएर उठेका छन् । त्यसैले अहिले नै वास्तविक सदस्य कतिले जितेका छन् भन्ने यकिन छैन । म

अहिले नै गठबन्धन वा नेपाली कांग्रेसले धोका दियो भन्ने ठाउँमा छैन । कुनै समस्या सिर्जना हुनुमा बाह्य कारण सहयोगी मात्र हो । मुख्यतः आन्तरिक कारण हो ।”

गठबन्धन संस्कृतिको विकास नहुनु र मतदाता शिक्षा प्रभावकारी नहुनु पनि एकीकृत समाजवादीको हारको मुख्य कारण भएको नेतृ झाँक्रीको दाबी छ । उनले भनिन्,

“हामी आफैं कांग्रेस र माओवादीसँग कठोरतम प्रतिस्पर्धा गरेर आएका हौं । गठबन्धनमा सबैले सबैलाई स्वीकार गर्ने अवस्था थिएन । गठबन्धन संस्कृति नयाँ हो । कांग्रेस सभा

पति शेरबहादुर देउवालगायत अन्य शीर्षनेता, माओवादीले धोका भएको भन्नु त्यति राम्रो होइन । एकले अर्कालाई हिलो छ्याप्नु उचित पनि होइन । अर्को पार्टीको भोटले

जित्ने भन्दा पनि आफ्नै जनाधार निर्माण गर्नु ठूलो कुरा हो । अर्को कुरा, बदर मतका कारण पनि अपेक्षाकृत परिणाम आएन । कतिपय मतदाताले हामीलाई भोट त हाले तर

चिह्न मिलाएनन् ।”अहिले नै नेकपा (एकीकृत समाज वादी) र नेकपा एमालेबीच एकता हुन्छ भन्नु अनुमान मात्र भएको उनले बताइन् । झाँक्रीले भनिन्, “अहिलेसम्म

एमालेबाट पार्टी एकताका लागि औपचारिक प्रस्ताव आएको छैन । हामी त्यो अनुमानको बाटो हिँड्छौं भन्ने लाग्दैन । हामीलाई केपी ओलीले स्वीकार्नु पनि पर्यो, हामी

जानु पनि पर्यो । राजनीति त्यतातिर फर्केको छैन ।”
काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रताले युवा राजनीतिमा आउने स्पष्ट संकेत

भएको झाँक्रीले बताइन् । उनले थपिन्, “बालेन शाह सिम्बोलिक पात्र हो युवाहरु राजनीतिमा आउन चाहन्छन्, परिवर्तन गर्न चाहन्छन् भन्ने सन्देश हो । यो मेरा लागि

सुखद अवसर हो भने अरुका लागि चुनौती । बालेन शाहले जित्दै गर्दा मेरा तर्फबाट भरपुर साथ र सहयोग हुन्छ । मैले बागमती किनारका घरटहरा हटाउन खोज्दा

मलाई दबाब आयो । अब म बालेनको लौरी लगाएर काम गर्नेछु । उनलाई भोट हाल्नेको पनि सम्मान गर्नुपर्छ ।”

Facebook Comments Box