ताजा समाचार

एमाले नेताहरु भन्छन: माओवादी डु‘बाएर आएका धमिराहरुले एमाले सक्ने भए।

स्थानीय तहको निर्वाचन २०७९ मा निकै प्रतिशपर्धा भईरहेको छ।। नेताहरुको राजर्शी शैली जनताले पटकै मन पराएका छैनन् यसपटक भने जनता सचेत देखिएका छन

को मतपरिणाम सार्वजनिक हुँदैगर्दा २०७४ को तुलनामा नेकपा एमाले निकै कमजोर देखिएको छ। र मंगलबार बिहानसम्मको मतपरिणाममा एमाले विगतभन्दा निकै कम

जोर देखिएको हो।२०७४ को स्थानीय निर्वाचनमा प्रमुख र अध्यक्ष गरी एमालेले २९६ स्थानीय तह जितेको थियो। २०७४ को निर्वाचनमा मेयर अध्यक्षमा एमाले २९६ नेपाली

कांग्रेस २६६ र माओवादी केन्द्रले १०६ स्थानमा विजय हासिल गरेको थियो।त्यसैगरि उपप्रमुख र उपाध्यक्षमा एमाले ३३१, नेपाली कांग्रेस २२३ र नेकपा माओवादी

केन्द्रले १११ स्थानमा विजय हासिल गरेको थियो। त्यसै गरि वडा अध्यक्ष एमाले २५६०, कांग्रेसले २२८६ र माओ वादी केन्द्रले ११०२ स्थानमा विजय हासिल गरेको थियो।

तर, २०७९ को निर्वाचनमा आउँदा स्थानीय तहको मत परिणाममा काफी फेरबदल आएको छ। २०७४ को पहिलो पार्टी एमालेलाई नेपाली कांग्रेसले फराकिलो अन्तरले।।

उछिनेको छ।स्थानीय निर्वाचनमा २ फरक फरक गठबन्धन बनाएर पार्टीहरू निर्वाचनमा होमिएका थिए। सत्तारूढ दलहरूले वाम–लोकतान्त्रिक गठबन्धन बनाएर निर्वाचन

मा होमिए भने प्रतिपक्षी दलहरूले पनि फरक गठबन्धन बनाएका थिए। सत्तारूढ गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी),

जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सामेल छन्। यस्तै प्रतिपक्षी गठबन्धनमा नेकपा (एमाले), राप्रपा, राप्रपा नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी

नेपाल, चुरेभावर एकता पार्टी, नेपाल परिवार दल, विप्लव नेतृत्वको नेकपा लगायतका ९ दल सामेल छन्।हालसम्म सार्वजनिक भएको नतिजामा नेपाली कांग्रेसले ११८

स्थानमा जीत निकालेको छ भने १९२ स्थानमा अग्रता लिएको छ। त्यसैगरि नेकपा एमालेले ७० स्थानमा जीत निकाल्दै १२२ स्थानमा अग्रता लिएको छ। तेस्रो स्थानमा

रहेको माओवादीले ५६ स्थानमा जीत निकाल्दै ५८ स्थान मा अग्रता लिएको छ।निर्वाचन परिणाम अपेक्षित नभए पछि एमालेका नेताहरू नेतृत्वसँग असन्तुष्ट देखिएका

छन्। नेताहरूले ‘‘पार्टी नेतृत्वले माओवादी छोडेर एमालेमा आउने नेताहरूलाई हैसियतभन्दा माथिल्लो जिम्मेवारी र निर्वाचनमा टिकट दिएकाले पराजय भोग्नुपरेको’’ टिप्पणी

गर्न थालेका छन्।एमालेका एक पदाधिकारीले भने, ‘‘निर्वाचनमा अप्रत्यासित परिणाम किन आयो भन्नेबारे हामी समीक्षामा छौं। यसका धेरै ‘फ्याक्टर’ छन्। तर, मुख्य

रूपमा जसले माओवादी बिगारेर एमालेमा आए, पार्टीले उनीहरूलाई नै विश्वास गर्‍यो। जनआधार नभएका नेता हरूलाई बढी ‘स्पेस’ दिनु गम्भीर गल्ती भयो। यसले एमाले

लाई क्षति पुगेको देखिन्छ।’’एमाले अध्यक्ष केपी शर्मा ओलीले १० औं महाधिवेशनमा निर्वाचन रोकेर पूर्वमाओ वादी नेताहरूलाई महत्वपूर्ण जिम्मेवारी दिएका थिए।

माओवादीभित्र खास लोकप्रियता र जनाधार नभएका नेताले एमालेमा त्यसभन्दा ठूलो जिम्मेवारी पाएको भन्दै पार्टीभित्र चर्को असन्तुष्टि देखिए पनि नेतृत्वको दवावले

विवाद साम्य देखिएको थियो। त्यसको असर स्थानीय निर्वाचनमा देखिएको ती नेताको दावी छनेकपा विभाजित भएर पूर्ववत् पार्टीहरू बन्दा रामबहादुर थापा, टोपबहादुर

रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह लगायतका २ दर्जन नेताहरू एमालेतिर लागेका थिए। त्यसमध्ये भट्ट र साहको जनाधार राम्रो भनिए पनि स्थानीय निर्वाचन मा

उनी हरूको प्रभाव शून्यप्रायः देखिएको छ।स्थायी समिति का एक सदस्यका अनुसार ‘‘माधव नेपालको पक्षमा उभिएर पार्टी फुट्दा एमालेमै रहेका नेताहरूले पनि

निर्वाचनमा अन्तर्घात’’ गरेका छन्। पार्टी जिम्मेवारी र टिकटमा पार्टीले बेवास्ता गरेको भन्दै उनीहरूले अन्तर्घात गरेको रिपोर्ट आएको उनले बताए। lokpati बाट

Facebook Comments Box