ताजा समाचार

ललितपुरमा मतगणना प्रतिनिधि बस्न बालेनलाई दिइएन अनुमति

काठमाडौं महानगरपालिकाको मतगणना राष्ट्रिय सभा गृहमा जारी रहँदा अग्रस्थानमा रहेका स्वतन्त्र उम्मेदवार बालेन साह आज ललितपुरको मतगणनास्थल पुगे ।।

एक स्वतन्त्र उम्मेदवारको प्रतिनिधिका रुपमा मतगणना  मा बस्न गएका बालेन त्यसका लागि अनुमति नपाएपछि फर्किएका छन् । ललितपुर महानगरको मतगणनास्थल

जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा बालेन केही साथीहरुसहित गएका थिए ।त्यहाँ निर्वाचन आयोगका प्रतिनिधिहरुसँग कुरा गर्दा अर्को नगरको व्यक्ति

ले प्रतिनिधि बस्न नपाइने जानकारी उनले पाए । ललितपुर को वडा नम्बर १० बाट स्वतन्त्र उम्मेदवारी दिएका नरसिंह व्यञ्जनकार बालेनका राजनीतिक गुरु हुन् ।व्यञ्जनकार

ले पञ्चायतकालदेखि निरन्तर हरेक चुनावमा भाग लिएर वडाध्यक्ष जित्दै आएका छन् । उनका छोरा कुमार बालेन का निकट सहयोगी हुन् । उनले यो चुनाव मा आफ्नो।।।

पितालाई भन्दा बालेनलाई बढी समय खर्चिरहेका छन् ।प्रतिष्ठानको भवनमा बालेनको प्रवेश हुँदा सञ्चारकर्मी उनीतिर झुम्मिएका थिए । केही सञ्चारकर्मीले उनीसँग

कुराका गर्न खोजे पनि उनले बोल्न मानेनन् । बालेनको आग्रहमा सुरक्षाकर्मीले सञ्चारकर्मीलाई रोकेका थिए ।।अब अन्य थप समचार स्थानीय तहको निर्वाचन २०७९

को मतपरिणाम सार्वजनिक हुँदैगर्दा २०७४ को तुलनामा नेकपा एमाले निकै कमजोर देखिएको छ। र मंगलबार बिहानसम्मको मतपरिणाममा एमाले विगतभन्दा निकै कम

जोर देखिएको हो।२०७४ को स्थानीय निर्वाचनमा प्रमुख र अध्यक्ष गरी एमालेले २९६ स्थानीय तह जितेको थियो। २०७४ को निर्वाचनमा मेयर अध्यक्षमा एमाले २९६ नेपाली

कांग्रेस २६६ र माओवादी केन्द्रले १०६ स्थानमा विजय हासिल गरेको थियो।त्यसैगरि उपप्रमुख र उपाध्यक्षमा एमाले ३३१, नेपाली कांग्रेस २२३ र नेकपा माओवादी

केन्द्रले १११ स्थानमा विजय हासिल गरेको थियो। त्यसै गरि वडा अध्यक्ष एमाले २५६०, कांग्रेसले २२८६ र माओ वादी केन्द्रले ११०२ स्थानमा विजय हासिल गरेको थियो।

तर, २०७९ को निर्वाचनमा आउँदा स्थानीय तहको मत परिणाममा काफी फेरबदल आएको छ। २०७४ को पहिलो पार्टी एमालेलाई नेपाली कांग्रेसले फराकिलो अन्तरले।।

उछिनेको छ।स्थानीय निर्वाचनमा २ फरक फरक गठबन्धन बनाएर पार्टीहरू निर्वाचनमा होमिएका थिए। सत्तारूढ दलहरूले वाम–लोकतान्त्रिक गठबन्धन बनाएर निर्वाचन

मा होमिए भने प्रतिपक्षी दलहरूले पनि फरक गठबन्धन बनाएका थिए। सत्तारूढ गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी),

जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सामेल छन्। यस्तै प्रतिपक्षी गठबन्धनमा नेकपा (एमाले), राप्रपा, राप्रपा नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी

नेपाल, चुरेभावर एकता पार्टी, नेपाल परिवार दल, विप्लव नेतृत्वको नेकपा लगायतका ९ दल सामेल छन्।हालसम्म सार्वजनिक भएको नतिजामा नेपाली कांग्रेसले ११८

स्थानमा जीत निकालेको छ भने १९२ स्थानमा अग्रता लिएको छ। त्यसैगरि नेकपा एमालेले ७० स्थानमा जीत निकाल्दै १२२ स्थानमा अग्रता लिएको छ। तेस्रो स्थानमा

रहेको माओवादीले ५६ स्थानमा जीत निकाल्दै ५८ स्थान मा अग्रता लिएको छ।निर्वाचन परिणाम अपेक्षित नभए पछि एमालेका नेताहरू नेतृत्वसँग असन्तुष्ट देखिएका

छन्। नेताहरूले ‘‘पार्टी नेतृत्वले माओवादी छोडेर एमालेमा आउने नेताहरूलाई हैसियतभन्दा माथिल्लो जिम्मेवारी र निर्वाचनमा टिकट दिएकाले पराजय भोग्नुपरेको’’ टिप्पणी

गर्न थालेका छन्।एमालेका एक पदाधिकारीले भने, ‘‘निर्वाचनमा अप्रत्यासित परिणाम किन आयो भन्नेबारे हामी समीक्षामा छौं। यसका धेरै ‘फ्याक्टर’ छन्। तर, मुख्य

रूपमा जसले माओवादी बिगारेर एमालेमा आए, पार्टीले उनीहरूलाई नै विश्वास गर्‍यो। जनआधार नभएका नेता हरूलाई बढी ‘स्पेस’ दिनु गम्भीर गल्ती भयो। यसले एमाले

लाई क्षति पुगेको देखिन्छ।’’एमाले अध्यक्ष केपी शर्मा ओलीले १० औं महाधिवेशनमा निर्वाचन रोकेर पूर्वमाओ वादी नेताहरूलाई महत्वपूर्ण जिम्मेवारी दिएका थिए।

माओवादीभित्र खास लोकप्रियता र जनाधार नभएका नेताले एमालेमा त्यसभन्दा ठूलो जिम्मेवारी पाएको भन्दै पार्टीभित्र चर्को असन्तुष्टि देखिए पनि नेतृत्वको दवावले

विवाद साम्य देखिएको थियो। त्यसको असर स्थानीय निर्वाचनमा देखिएको ती नेताको दावी छनेकपा विभाजित भएर पूर्ववत् पार्टीहरू बन्दा रामबहादुर थापा, टोपबहादुर

रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह लगायतका २ दर्जन नेताहरू एमालेतिर लागेका थिए। त्यसमध्ये भट्ट र साहको जनाधार राम्रो भनिए पनि स्थानीय निर्वाचन मा

उनी हरूको प्रभाव शून्यप्रायः देखिएको छ।स्थायी समिति का एक सदस्यका अनुसार ‘‘माधव नेपालको पक्षमा उभिएर पार्टी फुट्दा एमालेमै रहेका नेताहरूले पनि

निर्वाचनमा अन्तर्घात’’ गरेका छन्। पार्टी जिम्मेवारी र टिकटमा पार्टीले बेवास्ता गरेको भन्दै उनीहरूले अन्तर्घात गरेको रिपोर्ट आएको उनले बताए। lokpati बाट

Facebook Comments Box