अमेरिकामा यतिबेला गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्को चुनावको रौनक बढेको छ । चुनाव नजिकिँदै जाँदा अमेरिकामा रहेका नेपालीहरुमा चुनावी सरगर्मी पनि बढेको हो । अध्यक्षमा ४ जनासहित पदाधि कारी र सदस्यमा गरी करिव चार सयजनाको उमेदवार परेको छ । अध्यक्ष पदका लागि वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष डाक्टर अर्जुन बञ्जाडे, उपाध्यक्ष बुद्धि।सागर सुवेदी,। पूर्व बोर्ड सदस्य कृष्ण लामिछाने र तिलक केसीको उमेदवारी परेको छ ।
यस्तै वरिष्ठ उपाध्यक्षमा चित्रा केसी , कृष्ण जीवी पन्थ र बाबुराम लामाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा पूर्ण चन्द्र बानियाँ, रोशन अधिकारी, नगोपेन्द्र मभट्टराई , दिलु पराजुली, अमरबहादुर छन्त्याल, प्रकाश बस्नेत, किशोर रेग्मी, प्रविन केसी, रामहरी अधिकारी, बिकास उप्रेती, सुम न थापा, टंक रेग्मी , चन्द्र लामा र बासुदेव अधिकारी गरी १४ जनाको उम्मेदवारी परेको छ ।महासचिवमा बिनोद भट्ट, नवराज सुवेदी, अञ्जन चौलागा ई र न्रिपेन्द्र धितालको उमेदवारी परेको छ । यस्तै अन्य पदाधिकारी र बोर्ड सदस्यम समेत उमेदवारी दिनेहरुको लर्को छ । बोर्ड सदस्यमा १२ जना बिजयी हुनेछन्, त्यस का लागि ५४ जनाको उमेदवारी परेको छ । यसैगरी आई सीसी सदस्यमा २१ जनाको उमेदवारी परेको छ ।
निर्वाचन प्रमुख विश्व बरालले चुनावका लागि आवश्यक तयारी पूरा गरिएको जानकारी दिएका छन् । गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषदमध्ये अमेरिका सबै भन्दा धेरै सदस्य भएको परिषद मानिन्छ । यद्यपि अन्य परिषदहरुमा सदस्यहरुको अन्तिम नामावली प्रकाशित गर्न बाँकी छ ।अमेरिकामा आजीवन र साधारण सदस्य गरी २० हजार सदस्य छन् ।
केन्द्रको हाइकमान्डदेखि स्थानीय राजनीतिको प्रभावले यस पटकको चुनाव पेचिलो बन्दै गएको छ । अध्यक्षमा उमेदवारी दिएका चारजना मध्ये बञ्जाडे, सुवेदी र लामि छाने नेपाली कांग्रेस निकट मानिन्छन् भने केसी वामपन्थी धारका मानिन्छन्। ।कांग्रेस निकट अध्यक्षका उम्मेदवार मध्ये बञ्जाडेलाई जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्टले समर्थन गरेका छन् भने वर्तमान कार्यसमि ति अध्यक्ष सुनील साहले बञ्जाडेलाई मौन समर्थन गरेका छन् ।
अध्यक्षका अर्का प्रत्यासी लामिछानेलाई जनसम्पर्क समि तिका पूर्व संयोजक बिष्णु सुवेदी , एनआरएनए आईसीसी सल्लाहकार तथा कांग्रेस नेता हरिबोल भण्डारी, जनसम्प र्क समितिका नेता प्रमोद सिटौला र आईसीसी सचिव गौरी जोशीको साथ छ । एमाले निकट नेताहरुको समेत लामि छानेलाई सहयोग मिलिरहेको दाबी गरिएको छ ।अध्यक्ष का अर्का प्रत्यासी सुवेदिलाई एनआरएनए अमेरिका पूर्व अध्यक्ष डाक्टर केशव पौडेल, कांग्रेस नेता यादव पण्डित लगायतको साथ रहेको चर्चा छ ।
एनआरएन अमेरिकामा सिन्डिके ट तोडौँ भन्दै वामपन्थी धारको नेतृत्व तिलक केसीले गरिरहेका छन् । कांग्रेसनिक ट चारैजना उमेदवारले आफूले चुनाव जित्ने दाबी गरिरहे का छन् । अध्यक्षका उमेदवारहरू पदाधिकारीसहित केही बोर्ड सदस्य उमेदवारका साथमा विभिन्न राज्यमा दौडिरहे का छन् ।
एनआरएनएको चुनावी दौडमा पत्रकारले पनि उमेदवारी दिएका छन् । अमेरिकाबाट सञ्चालित खसोखास डटकम का कार्यकारी सम्पादक अनिल अधिकारीले एनआरएनए अमेरिकाको बोर्ड सदस्यमा उमेदवारी दिएका छन् हुन् । उनी विगत ७ बर्षदेखि अमेरिकामा बस्दै आएका छन् । उनी हाल बलेवा समाज अमेरिकाका अध्यक्ष छन्।श्रोत:रातोपाटि