राजनीतिक

दिपक मनाङेको, चम्किलो भाग्य : एमाले सरकारमा, फेरि मन्त्री बन्दै

काठमाडौं – नेकपा एमालेको अल्पमतको सरकार बना एका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा   गुरुङले मन्त्रिपरिषद् विस्तारको तयारी गरिरहेका छन् ।  “प्रदेश सभाको ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका गुरुङले पुरानै मन्त्रीलाई निरन्तरता दिने तयारी गरेका छन्, जसमा युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ ‘दिपक मनाङे’ समेत दोहोरिने भएका स्रोतले जनाएको छ ।”

“मनाङेसँगै यसअघि आर्थि”क मामिला तथा योजना मन्त्रीमा किरण गुरुङ, भौतिक पूर्वाधार विकास मन्त्रीमा रामशरण बस्नेत, सामाजिक विकास मन्त्रीमा नरदेवी पुन, पर्यटन, उद्योग, वाणिज्य तथा वनमन्त्रीमा विकास लम्साल दोहोरिने भएका छन् ।”

“मन्त्री बन्ने निश्चित भएपनि दिपक मनाङेले शपथका लागि बुधबारै पोखरा आउन नभ्याउने जनाएका छन् । उनी काठ माडौंमा रहेका कारण पोखरा आउन नभ्याउने जानकारी मुख्यमन्त्री कार्यालयमा दिएका छन् ।”

“नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका हरिबहादुर चुमान र लेखबहादुर थापाले राजीनामा दिएपछि गण्ड कीमा प्रदेशमा २ वटा मन्त्रालय खाली रहेका थिए । चु मान कानून मन्त्री रहेका थिए भने थापा कृषि मन्त्री रहे  का थिए । दुबैले चैत २५ गते राजीनामा दिएका हुन् ।”

“कोरोना भाइरस संक्रमणका कारण मुख्यमन्त्री गुरुङले नियुक्त भएको १ हप्तासम्म पनि मन्त्रिपरिषद् विस्तार गरेका छैनन् । संक्रमित भएकै अवस्थामा बैशाख २९ गते गुरुङले मुख्यमन्त्री पदको शपथ लिएका थिए । मुख्यमन्त्री गुरुङ हाल होम आइसोलेसनमा रहेका छन् ।

“गण्डकीका प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधा नको धारा १६८ उपधारा (३) अनुसार वैशाख २९ गते ठूलो दलका नेताका हैसियतमा गुरुङलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।

“संविधानको धारा १६८ उपधारा (२) अनुसार बहुमतको सरकार बनाउन दिएको ३ दिनको समयभित्र बहुमतको सरकार गठन हुन नसकेको भन्दै पौडेलले गुरुङलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।”

Facebook Comments Box