भारतको जम्मूकश्मीरस्थित रामबन इलाकामा रहेको जिल्ला अस्पतालको एक दृश्य अहिले सामाजिक सञ्जाल मा भाइरल भइरहेको छ । यस दृश्यमा एउटा अस्पतालको ओपिडी र त्यहाँ बसिरहेको गाई देखिन्छन् । यद्यपी, गाईबाहेक यो स्वास्थ केन्द्रमा अरु कोही पनि देखिदैंनन् ।
भिडियोमा जिल्ला अस्पतालको प्रतीक्षालयदेखि डिस्पेन्स रीसम्म गाईहरूको कब्जा रहेको देखिन्छ ।आरामसँग उनी हरु यहाँ बसिरहेको देखिन्छ । मानौं कि, यो अस्पताल नभएर उनीहरुकै गोठ हो । यस दौरान न अस्पतालमा कुनै कर्मचारी थिए, न अधिकारी , न कुनै सुरक्षाकर्मी नै ।
जब भिडियो सामाजिक सञ्जालमा भाइरल भयो, तब यो घट ना स्वास्थ अधिकारीहरु समक्ष पनि पुग्यो ।यसपछि जिल्ला अस्पताल रामबनका मेडिकल सुपरिटेन्डेन्टले घ’ट’नाको जाँच गर्न आदेश दिए ।खासमा, अस्पतलामा अहिले निर्माण कार्य चलिरहेको रहेछ । गेट पनि बनिसके को रहेनछ । त्
यहीकारण धेरै जनावर अस्पतालभित्र आउँछन् र आश्रय लिए र बस्छन् ।जम्मू कश्मीरमा को’रोना संक्रमण बढ्दो छ यहाँ मंगलबार ३९ सय ६७ जना कोरोनाबाट संक्रमित भए भने ७ १ जनाको मृ’त्यु भयो । तर , यस राज्यमा स्वास्थ पू’र्वाधार तथा अस्पतालहरू ठिक अवस्थामा छैनन् । जस कारण बिरामीहरुलाई उपचार पाउन मुस्किल छ ।
यो पनि! गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् । संसदमा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेससहित तीन दलले ल्याएको अविश्वासको प्रस्ता व असफल भएपछि वैशाख २९ मा मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका मुख्यमन्त्री गुरुङ ले एक सातापछि मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन् ।
को’रोना संक्रमण रहेकै बेला सपथ ग्रहण गरेका मुख्यमन्त्री गुरुङले एकसातासम्म पनि मन्त्रिमण्डल विस्तार नगरेपछि बजेट, नीति तथा कार्यक्रम लगायतका कार्य प्रभावित हुँदै गएका थिए । आगामी असार १ गते बजेट ल्याउनै पर्ने बाध्यता प्रदेश सरकारलाई छ । अर्थमन्त्री नहुँदा बजेट निर्माणको काम पनि प्रभावित भएका छन् ।
मुख्यमन्त्री गुरुङ वैशाख २२ मा कोरोना संक्रमण पुष्टि भए पछि हाल होम आइसोलेसनमा नै छन् । मन्त्रिमण्डल विस्तार नगर्दा बजेट निर्माण लगायतका कार्यमा प्रभाव पर्ने आवाज उठेपछि मुख्यमन्त्रीले सोमबार आफ्ना विश्वास पात्र मानिएका रामशरण बस्नेत, किरण गुरुङ र मायानाथ अधिकारीसँग छलफल गरेका थिए । छलफलपछि तत्काल सानो आकारको मन्त्रिमण्डल बनाउने गर्ने निष्कर्षमा मुख्य मन्त्री गुरुङ पुगेका हुन् ।
उनले तत्कालका लागि भौतिक तथा विकास र अर्थमन्त्री नियुक्ति गरेर बजेट, नीति तथा कार्यक्रम ल्याउने योजनामा रहेको बुझिएको छ । यसअघि भौतिक विकास मन्त्रालय रामशरण बस्नेत र अर्थमन्त्रालय किरण गुरुङले सम्हाल्दै आएका थिए । नीति तथा कार्यक्रम, बजेट योजनाहरु ल्याउँदा क्याबिनेटमा कम्तिमा २ मन्त्री हुनु पर्ने संवैधानिक व्यवस्था छ । फेरि पनि बस्नेत र गुरुङलाई नै तिनै मन्त्राल यमा नियुक्ति गर्ने बुझिएको छ ।
क्याबिनेटमा मुख्यमन्त्री एक्लै हुँदा सरकारको काम कारबा हीसमेत प्रभावित भएका छन् । क्याबिनेटको बैठक समेत बस्न पाएको छैन । त्यस्तै, स्वास्थ्य मन्त्री पनि नहुँदा को’रो नाविरुद्धको काम प्रभावकारी रुपमा अगाडी बढ्न सकेको छैन।श्रोत:रातोपाटि