एक्सक्लुसिभ भिडियो ताजा समाचार

धादिङमा किसानले लुटे दुई ट्रक रासायनिक मल – (भिडिओ हेर्नुस)

४ असार २०७९ धादिङ । धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ६ धार्केमा दुई वटा ट्रकमा ल्याएको रासायनिक मल किसानले नियन्त्रणामा लिएका छन् ।

भारतबाट भन्सार छलेर ल्याइएको भनिएको मल धार्केमा किसानले नियन्त्रणमा लिएका हुन् । भन्सार छलेर ल्याउँदै गरिएको दुई ट्रक मल राजश्व विभागले नियन्त्रणमा लिएपछि व्यापारी हरुको संलग्नतामा

किसानहरुलाई जानकारी गराए पछि झन्डै ५ सय जना किसान ले पृथ्वी राजमार्गको बिच सडकमै ट्रक रोकेर नियन्त्रणमा लिए का हुन् ।

व्यापारीहरुले केही समयदेखि भन्सार छलीेर धादिङका स्थानीय बजारमा मल कालोबजारी गरेर बेच्दै आएको आरोप पनि लागे को छ ।

विशेष सुराकीको आधारमा राजश्व अनुसन्धान विभागले मल नियन्त्रणमा लिएपछि व्यापारीको संलग्नतामा स्थानीय किसा नलाई मल लुट्न लगाएको किसानहरुले बताएका छन् । करिब ५ सय बोरा मल किसानले कब्जा गरेर लगेको बताएका छन् ।

अहिले देशभर मल अभाव भइरहेको छ । धान रोप्ने समयमा पनि मल नपाएको भन्दै किसान आक्रोशित भइरहेका बेला आज धार्केमा

किसानले मल कब्जा गरेका हुन् । किसानले मल कब्जा गर्ने क्रममा प्रहरीले भिड तितरवितर गर्न लाठी प्रहार चार्ज गरेको छ ।***भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस***

Facebook Comments Box