स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भीमकान्त भण्डारीविरुद्ध ६ करोड रुपैयाँभन्दा धेरै बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा
दायर भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयो गले भण्डारीमाथि ६ करोड २४ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग “सहित आज शुक्रवार
विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरेको हो ।भण्डारी २०७३ साल असोज २१ देखि २०७७ साउन १ गतेसम्म मात्रै सरकारी सेवामा हुनुहुन्थ्याे । नासु सरहको
वरिष्ठ व्यवस्थापन सहायक पदमा काम गरेको जागिरको अवधिमा उहाँले २६ लाख ६१ हजार रुपैयाँ आर्जन गर्नु भएकाे थियाे तर उहाँको खर्च र लगानीतर्फ (जग्गा खरिद,
बैंक तथा हाइड्रोपावर कम्पनीको शेयर खरिद तथा बैंकमा जम्मा रकम) सहित ६ करोड ५० लाख ६५ हजार ६ सय ४२ रुपैयाँ पाइएको अख्तियारको आरोपपत्रमा उल्लेख छ
भण्डारीले यो अवधिमा पारिश्रमिक, श्रीमतीको तलबबाट बचत, सञ्चय कोषबाट लिएको ऋण र जागिर सुरु हुनु भन्दा अघिको बचतलाई समेत देखाएर आफूले कानुन।।
सम्मत आर्जन गरेको दाबी गर्नुभएकाे थियाे । तर अख्ति यारले त्यो दाबीलाई स्वीकार गरेन र ६ करोड २४ लाख ६५ हजार रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको निष्कर्ष
निकालेको हाे ।विशेष अदालतमा दायर मुद्दामा अख्ति यारले ६ करोड २४ लाख ६५ हजार रुपैयाँ बिगो कायम गरेको छ । भण्डारीकाे सम्पत्तितर्फ ६ करोड ६ लाख ४१
हजार आठ सय १३ रुपैयाँ र अपुग १७ लाख ६२ हजार रुपैयाँ उहाँको एकल स्वामित्वमा रहेको कम्पनीबाट जफत गर्न माग गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारी ले जानकारी दिनुभयो । अन्नपूर्ण