ताजा समाचार

बालेनको अर्को बोल्ड निर्णय, हाजिर नभए त‘लब नदिने

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साह कर्मचारीहरुबाट हुनसक्ने अनियमिता र सेवाप्रवाह ढिलाइप्रति कडा रुपमा प्रस्तुत हुन थालेका छन् ।

काम छलेको, अनि समय मै कार्यालय आए–नआएको लगायतका कुराहरुमा मेयर बालेनले विशेष ध्यान दिन थालेको महानगरमा कार्यरत कर्मचारीहरुले बताएका छन्

महानगरका एक कर्मचारीका अनुसार बालेनले कर्मचारी माथि छड्के जाँच गर्न समेत सुरु गरिसकेका छन् । वडा कार्यालयदेखि विभागसम्म गरेको छड्केमा हालसम्म ४

जना कर्मचारी परिसकेको महानगरका एक कर्मचारीले जानकारी दिएका छन् ।ती ४ जना कर्मचारीलाई स्पष्टि करण सोधिसकेको छ । वडा वडाका कर्मचारीलाई कुनै

पनि बेला चेकिङ आउन सक्ने भन्दै अलर्ट रहेर काम गर्न निर्देशन दिइएको छ ।’ उनले भने ।काठमाडौं महानगर पालिकाले अब हाजिर अनुसार मात्रै तलब वितरण गर्ने

भएको छ । बिहीबार महानगरको प्रशासन विभाग प्रमुख महेश काफ्लेले एक सूचना जारी गर्दै काठमाडौ महानगर पालिका अन्तर्गतका कर्मचारीले हाजिर अनुसारको मात्रै

तलब पाउने जानकारी गराइसकेका छन् ।मातहतका सबै विभाग र वडालाई महानगरपालिकाले पठाएको सूचनामा भनिएको छ, चैत मसान्तमा महानगरपालिकाका वेबसाइट

मा गरिएको परिपत्रअनुसार सम्पूर्ण कर्मचारीको हाजिरी वेबसाइटमा नदेखिएकाले के–कति कारणले हाजिर नभ एको र आफ्नो वडा÷विभागमा कार्यरत कर्मचारीहरु को

विवरण प्रशासन विभाग को मेलमा” नपठाएमा असार महिनाको तलब नबन्ने छ ।’काठमाडौं महानगरपालिकाले सिसी क्यामेरा राख्न सुरु गरेको छ । महानगरका निर्देशक

नवराज थापाका अनुसार महानगरको सबै विभाग र नगद कारोबार हुने कार्यालय स्थानहरुमा सीसी क्यामेरा राख्न थालिएको हो ।यस्तै रत्नपार्क, बालाजुमा रहेको राजश्व

काउन्टरमा पनि सीसी क्यामेरा राख्न सुरु भइसकेको थापाले जानकारी दिए ।काठमाडौं महानगरपालिकाको १४ वटा विभाग छन् । बबरमहलमा ५ वटा विभाग, ताहा

चालमा २ वटा विभाग, टेकुमा २ वटा विभाग, राष्ट्रिय सभामा एक विभाग र बाँकी सुन्धारस्थित महानगरको कार्यालयमा रहेको छ । निर्देशक थापाका अनुसार सबै

विभागमा सीसी क्यामेरा जोड्ने काम केहि दिनभित्रै सकिने छ ।काठमाडौैं महानगरमा २ हजार ५ सय कर्मचारीको दरबन्दी भएता पनि हाल १ हजार ८ सय

कर्मचारी कार्यरत छन् ।बालेनले यसअघि नै महानगरमा रहेका कर्मचारीहरुले सवारी मर्मत गर्दा राजश्व चुहावट गर्ने भन्दै राष्ट्रिय आविष्कार केन्द्र मार्फत सवारीहरु मर्मत गर्न जिम्मा दिने तयारी गरेका छन् ।

Facebook Comments Box